कल्याण राईको न्यायको निम्ति आज श्रद्धाञ्जली सभा

Share this news

दार्जीलिङ,25 जुलाई(निसं): कल्याण राईको न्यायको निम्ति कल्याणका सम्पूर्ण साथीहरू एक भएका छन्। कल्याण राई दार्जीलिङ सरकारी महाविद्यालय छ्त्र संसदका एक पूर्व कर्मठ सदस्य थिए। आज कल्याणको हत्यामा बिभिन्न राजनैतिक पार्टीमा भएका सम्पूर्ण साथीहरू एक भएर कल्याणको न्यायको निम्ति लागी परेका छन्।यी साथीहरूले 25 जुलाईको दिन चौरस्तामा श्रद्धाञजली सभा गर्ने भएको छ । यस सम्बन्धमा स्वर्गीय कल्याणका साथी राब्गे राईले भने, आज हामी सम्पुर्ण पुरानो छात्र संसदका सदस्यहरू एउटा मञ्चमा आएका छौ। कारण हम्रो साथी कल्याणको सिक्किम राज्यमा जुन हत्या भयो त्यसको हामी घोर बिरोध गर्छौ। उनले सबैलाई कल्याणको निम्ति दार्जीलिङको चौरस्ता परिसरमा मैनबत्ती लिएर आइदिने पनि अपिल गरे। उनले भने, कल्याणको परिवार पक्षसँग बात गर्दा हामीलाई अनौठो लाग्यो। पुलिस प्रशासनले यो घटनामा सजिलो प्रकारले काम गरिरहेको हामीले देख्यौ। र हामी विन्ती गर्छौ। यस घटनालाई उचित छानबिन गरेर सम्बन्धित दोषीहरूलाई पक्राउ गर्नु पर्ने माग गरे। यसै क्रममा प्रवेश राईले पनि भने, कल्याणको हत्यापछि धेरै हातहरू रहेको हामीलाई शंका लागेको छ। हामी न्यायको निम्ति हर सम्भव लड्ने छौ। उनले माग गरे की हत्याराको फोटो सर्वजानिक गरोस। उनले भने, सिक्किम पुलिसको प्रेस स्टेटमेन न्यायोचित लागेको छैन यसैले यसमा पुलिसले उचित छानबिन गरेको हुनुपर्छ।  उनले भने, हामी न्याय कसरी माग्नु पर्छ त्यो पनि जानेका छौ। उनले भने, आज कल्याणका पछि सम्पुर्ण साथी एक छन्। कलयाणको हत्याले सम्पूर्ण साथीहरू एक भएका छन कल्याणका न्यायका निम्ति 25 जुलाई 4:30 बजी दार्जीलिङको चौरस्तामा श्रद्धाञ्जली स्वरूप मैनबत्ती बाल्ने पनि भएका छन्।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ