खरसाङ डाउहिलमा निर्माण भएको प्रेसिडेन्सी युनिभर्सिटीको क्याम्पस चाँड़ै सञ्चालनमा

Share this news

खरसाङ, 24 जुलाई (निसं)ः खरसाङ्को डाउहिलमा निर्माण भएको प्रेसिडेन्सी युनिभर्सिटीको क्याम्पस चाँड़ै सञ्चालनमा आउने भएको छ। यो क्याम्पस सञ्चालनमा चाँड़ै आउने जीटीएका मुख्य कार्यपाल अनित थापाले आफ्नो सामाजिक सञ्जाल पोष्टमा बताएका छन्‌‍। तिनले आफ्नो पोष्टमा क्याम्पसको निम्ति चाहिएको प्राध्यापक अनि कर्मचारीहरूको विज्ञापनको लिङ्क पनि सामेल गर्दै जीटीए क्षेत्रवासीलाई बधाई दिएका छन्‌‍। थापाले आफ्नो पोष्टमा भनेका छन्‌‍, जीटीएलाई नयाँ सौगात: खरसाङ्को डाउहिलमा निर्माण भएको प्रेसिडेन्सी युनिभर्सिटीको तेस्रो क्याम्पस सञ्चालनमा आउने प्रक्रिया पूर्ण भयो। खरसाङलाई शैक्षिक हब बनाउने सपनाको थुप्रै योजनाहरूमा आज मेरो एउटा सपना आज पूरा भयो। यस युनिभर्सिटीलाई प्रेसिडेन्सी युनिभर्सिटीको हिमालयन केन्द्र भनेर पनि जानिने छ। 2017 देखि मैले आरम्भ गरेको राजनैतिक यात्रा नै गुमाएको गरिमा फर्काउनु थियो। शिक्षाको राम्रो हब बनेको खरसाङ आन्दोलनको समयपछि धेर सुनसान बन्यो। हामीले यहाँ केही बृहत नै गर्नु पर्छ भन्ने सोंच राखेर सरकार समक्ष युनिभर्सिटीको माग राख्यौँ, सरकारले पनि सुनिदियो, पूर्वाधारको निर्माण भयो। अब युनिभर्सिटी चाँडै सञ्चालन हुनेछ। थापाले क्याम्पस सञ्चालनको रुपरेखाको बारेमा बताउदै भनेका छन्‌‍, लगभग 1 सय पुरुष अनि 1 सय महिला विद्यार्थीहरू होस्टेलमा रहेर पढ्न सक्ने पूर्वाधार भएको क्याम्पस हो यो। यो क्याम्पसलाई उन्नत अनुसन्धान, विशेष कार्यक्रमहरू र अन्तरविषयक अध्ययनहरूको केन्द्र बनाउने उद्देश्य राखिएको छ। विशेष गरी एस्ट्रोफिजिक्स, बायोटेक्नोलोजी र जलवायु विज्ञान जस्ता क्षेत्रहरूमा यसको क्षमता रहनेछ। प्रेसीडेन्सी युनिवर्सिटीले हालै खरसाङ क्याम्पसको लागि विभिन्न शैक्षिक र प्रशासनिक पदहरूको विज्ञापन निकालेको छ, जसले यो क्याम्पसको शैक्षिक सञ्चालनको लागि उन्नत तयारी भएको संकेत गर्दछ। थापाले सहायक रजिस्ट्रार, सहायक परीक्षा नियन्त्रक, लेखा अधिकृत यसको अतिरिक्त प्रोफेसर, एसिस्टेन्ड प्रोफेसर, लाइब्रेरियन आदिको रिक्त पदको निम्ति विज्ञापन निस्किएको र यसको निम्ति आगामी 14 जुलाईसम्म अनलाईन आवेदन गर्नु पर्ने पनि आफ्नो पोष्टमा बताएका छन्‌‍। क्याम्पसको निम्ति चुनिएका फ्याकल्टी अनि अन्य कर्मचारीले क्याम्पसभित्र नै प्रबन्ध मिलाइएको आवासीय परिसरमा बस्नुपर्नेछ भनी बताउदै यो पहाड़को निम्ति खुशीको खबर हो। दार्जीलिङ हिल युनिभर्सिटीपछि यो हाम्रो अर्को ठूलो उपलब्धि हो। यलसको निम्ति हामी सबैलाई बधाई भनी थापाले भनेका छन्‌‍।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ