जोन बक्सिङ्ग क्लबद्वारा बक्सिङ्ग क्याम्प आयोजित

Share this news

लाली गुराँस समाज घर, राज फाप्रीमा तीनदिने बक्सिङ्ग क्याम्पको आयोजना गरिएको थियो। जोन बक्सिङ्ग क्लब, सालुगडाको तत्वावधानमा आयोजना गरिएको थियो। माउन्ट जाइन स्कूल, मङपङका 17 जना विद्यार्थीहरूलाई लिएर आयोजित उक्त क्याम्पमा जोन बक्सिङ्ग क्लबका संस्थापक सागर मुखियाद्वारा बक्सिङ्ग बारे सम्पूर्ण कुराहरू सिकाइएको थियो। स्मरण रहोस् जोन बक्सिङ्ग क्लबकै विद्यार्थी त्रिलेखा गुरूङ, जो वर्तमान राष्ट्रिय खेलाडी बनिसकेकी छिन्, र हरियाणामा प्रशिक्षण लिइरहेकी छिन्। आइतबार आयोजित उक्त क्याम्पको समापन समारोहमा त्रिलेखाकी आमा श्रीमती बुनु गुरूङ प्रमुख अतिथिको रुपमा उपस्थित थिइन्। क्याम्पका सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई प्रमुख अतिथिकै बाहुलीबाट प्रमाणृपत्र वितरण गरिएको थियो।
सागर मुखियाले बताए अनुसार यस्तो क्याम्प प्रति वर्ष आयोजन गरिँदै आएको छ, र अघाडि पनि गरिँदै जानेछ। यसर्थ अभिभावकहरूले आफ्ना नानीहरूलाई बक्सिङ्ग क्षेत्रमा अघाडि पठाउन चाहे सागर मुखियालाई 89184 44314‬ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।


Share this news
आजको रोजाइ
सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या

सामसिङबाट गोरूबथान जाने वैकल्पिक मार्गमा समस्या

आशारिका फाउण्डेशनद्वारा क्यान्सर पीडितलाई सहयोग

आशारिका फाउण्डेशनद्वारा क्यान्सर पीडितलाई सहयोग

कारगिल दिवसमा शहीद प्रतिमा सरसफाइ र श्रद्धाञ्जली

कारगिल दिवसमा शहीद प्रतिमा सरसफाइ र श्रद्धाञ्जली

साक्योङमा सीएपीको समष्टिस्तरीय बैठक सम्पन्न

साक्योङमा सीएपीको समष्टिस्तरीय बैठक सम्पन्न

प्रा.डा. शङ्कर प्रसाद शाह विश्वमा उत्कृष्ट जीव विज्ञानी

प्रा.डा. शङ्कर प्रसाद शाह विश्वमा उत्कृष्ट जीव विज्ञानी

अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

अन्तर विद्यालय बिरुवा हेरचाह प्रतियोगिता आयोजना गरिने

टाँसी सम्तेनलिङ गुम्बामा टेल्डा छेचु पद्म सम्भवको जन्म जयन्ती

टाँसी सम्तेनलिङ गुम्बामा टेल्डा छेचु पद्म सम्भवको जन्म जयन्ती

जटिल रोगको ग्रस्त नानीलाई सहयोग गरिदिने अपिल

जटिल रोगको ग्रस्त नानीलाई सहयोग गरिदिने अपिल

वार्ड नम्बर पाँचको बाटोमा खाल्डा-खुल्डी रहेकोले जनसाधरण समस्यामा

वार्ड नम्बर पाँचको बाटोमा खाल्डा-खुल्डी रहेकोले जनसाधरण समस्यामा

खरसाङमा भागोप्रमोद्वारा शहीद दिवस समारोह साथै  रक्तदान शिविरको आयोजना गर्ने गरिने

खरसाङमा भागोप्रमोद्वारा शहीद दिवस समारोह साथै रक्तदान शिविरको आयोजना गर्ने गरिने

आजको रोजाइ