दार्जीलिङ,24 जुलाई(निसं): घूम-जोरबङ्गलो समष्टि अन्तर्गत पर्ने तुङसुङ चियाबगान निवासी सरोज तामाङ अनि रुबिना तामाङकी छोरी छेवाङ डोल्मा तामाङले 2025 वर्षको जेआरएफ नेट परीक्षा सफलतापूर्वक उत्तीर्ण गर्न सक्षम भएकोमा घूम जोरबङ्गलो समष्टिको क्षेत्रिय सभासद प्रभाष्कर ब्लोनले छेवाङ डोल्मा तामाङ अनि उनका परिवारलाई बधाई साथै शुभकामना व्यक्त गरेका छन्।
सभासद ब्लोनले आज एक प्रेस विज्ञप्ति जारी गरेर जेआरएफ नेट परीक्षा 2025 सफलपुर्वक उत्तीर्ण गर्ने आफ्नो समष्टिको एक मात्र परीक्षार्थीले सफल पूर्वक नेट परीक्षा उतीर्ण गर्न सकेकोमा हर्ष व्यक्त गर्दै छेवाङ डोल्मा तामाङले आफ्नो परिवार साथै समष्टिको नै नाम प्रकाशमा ल्याएको छl
