मंगलबारदेखी तकदाह ग्राम पञ्चायत क्षेत्र प्लास्टिक मुक्त घोषणा 

Share this news

पेशोक,24 जूलूई(निसं):क्षेत्र अनि गाँउ-समाज आदि प्लास्टिक मुक्त बनाउने अभियान चलिरहेको छ् भने प्लास्टिक जन्य वस्तुहरु ज्यादा प्रयोगमा आए पछि अहिले जताततै प्लास्टिक-का थैलाहरु फ्याकिएका देखिन्छ साथै यसले खोल्सा, झोडा आदिमा पनि समस्या सृजना गर्ने गरेको अनि यसले जमिन धस्किने ,पैह्रो जाने आदि जटिल समस्या झेल्न परिरहेकोलाई ध्यानाकर्षण गराउदै गाउँ समाज अनि क्षेत्रमा भएका प्लास्टिक जन्य वस्तुहरुलाई संग्रह गरेर रिसाईकल गरिने पहलबारे हरेक क्षेत्रहरुमा सचेतना गरिए बापत यसको प्रतिफल सकारात्मक देखा परेकोछ। यता तकदाह ग्राम पञ्चायतको पहलमा चलाएको प्लास्टिक मुक्त क्षेत्र बनाईने अभियान आज आएर सफल भएको छ् । आज सम्पन्न एक कार्यक्रममा तकदाह ग्राम पञ्चायत प्लास्टिक मुक्त भएको घोषणा गरिएको छ। रंगली-रंगलीयट खण्ड पञ्चायत समिति सभापति देव कुमार छेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि रंगली-रंगलीयट खण्ड विकास अधिकारी मनाज कुमार पहाडी थिए भने एडीसी तरण गुरुङ, युएनओपीएस दिपकर राई आदि विशिष्ट अतिथिको रूपमा  उपस्थिति रहेको अतीत गुरुङले जानकारी गराएका छ्न् ।
रंगली-रंगलीयट खण्ड पञ्चायत समितिका सहकारी सभापति ललित राई, तक्दाह ग्राम पञ्चायत प्रधान न्यान्सी रोङगोङ लेप्चा, उपप्रधान निलु, ग्राम पञ्चायत सदस्य जितेन राई,प्रियङ्का अन्य उपस्थिति रहेको कार्यक्रमलाई कर्माध्यक्ष प्रवेश लामाले सञ्चालन गरेका थिए ।

Share this news
आजको रोजाइ
रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

रोहिणीको बाटो 20 दिनभित्रमा सुचारू हुने

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

बाढी प्रभावितहरूलाई राहत सामग्री वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

लखीपाडा चिया बगानमा राहत वितरण

गोदावरी फूलको प्रदर्शनी र बिक्री

गोदावरी फूलको प्रदर्शनी र बिक्री

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

भाजपाद्वारा राहत र खाद्यान्न आपूर्ति

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

शुभेन्दु अधिकारीप्रति मुर्मुको आभार व्यक्त

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन

तण्डु र बामनडाङ्गामा राहत वितरण

तण्डु र बामनडाङ्गामा राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

विभिन्न कलेजहरूबाट संयुक्त राहत वितरण

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान