दार्जीलिङ, 24 जुलाई (निसं): सिक्किमको राजधानी गान्तोकमा दार्जीलिङको लेबोङ निवासी कल्याण राईको निर्मम हत्या भएकोमा क्षोभ व्यक्त गर्दै दोषीमाथि कठोर कानूनी कारवाही गर्नुपर्ने जीटीए-का सभासद विनय तामाङले माग गरेका छन्। उनले कल्याण राई एक सुशिल, शिक्षित, सरल अनि सभ्य युवा रहेको बताउँदै उनी गोर्खाल्याण्ड आन्दोलनको समय दार्जीलिङमा विधार्थी संगठनसित आवद्ध रहेको जानकारी गराएका छन्। हत्याराले आत्म समर्पण गरे तापनि सिक्किम सरकार अनि सिक्किम पुलिस प्रशासनले हत्यारामाथि कड़ाभन्दा कड़ा कानूनी कारवाही गर्नुपर्ने साथै न्यायपालिकाले हत्यारालाई फाँसीको सजाय दिनुपर्ने पनि माग गरेका छन्। उनले सिक्किम राज्यमा भइरहेको बढ़दो हिंसाप्रति चिन्तित छु भन्दै सिक्किम राज्यमा सिक्किमे जनता अनि बाहिरबाट आएका प्रत्येक नागरिकको सुरक्षाको पूर्ण जिम्मेवारी सिक्किम सरकार अनि सिक्किम पुलिस प्रशासनको हो भनेका छन्। एक समय दार्जीलिङ पहाड हिंसाले गर्दा असुरक्षित थियो भने अहिले सिक्किम दिन प्रतिदिन असुरक्षित बन्दै जाँदैछ, जो अति नै चिन्ताको विषय हो, तामाङले यसो भनेका छन्। उनी भन्छन्, एक समय सिक्किम भारतको सबैभन्दा शान्तिप्रिय राज्य थियो, सिक्किमले सो सम्मानित स्थान पुनः प्राप्त गर्नुपर्छ। सिक्किमले आफ्नो गरिमा फर्काई ल्याउनुपर्छ।
Share this news
आजको रोजाइ
पेमा साङ छ्योई खोर्लिङ गुम्बामा गुरू रिम्पोर्छेको जन्म जयन्ती
गुम्बा निर्माणको कार्य चलिरहेकोले जीटीए प्रमुख अनित थापाप्रति आभार
हीरा रसाइलीद्वारा डाँडा पारिको… गीत रेकर्डिङ्ग
विभिन्न स्थानमा शहीद दिवस पालन
दिगम्बर कावड़िया संघद्वारा सातदिने कावड़ यात्रा आरम्भ
सुन्तलामा झीङ्गाको आक्रमण रोक्न कीटनाशक वितरण
खरसाङ्मा क्षयरोगमुक्त अभियानलाई लिएर कार्यक्रम अनि बिमारीहरुलाई पोषणयुक्त खाद्यान्न वितरण
विद्युत समस्याबारे स्पष्टीकरण दिंदै विभागीय प्रबन्धक
टिस्टामा जलस्तर बढ्दा एनएच-10 मा आवागमन ठप्प
श्रावणको दोस्रो सोमबार किराँतेश्वर शिवधाममा धेरै भीड