नगरपालिका क्षेत्रमा थप 10 वटा हाई मास्ट ल्याम्प लगाइने स्ट्रीट लाईटहरू मरमतिको कार्य भइरहेको छ समय लाग्छः वृगेन गुरुङ

Share this news

खरसाङ, 23 जुलाई (निसं)ः खरसाङ नगरपालिका क्षेत्रमा अझ 10 वटा हाई मास्ट ल्याम्प लगाइन्दैछ। वर्तमानमा यहाँको वार्ड नम्बर 5 स्थित तल्लो डुमाराम बस्तीको हिमाली बोर्डिङ स्कूल जाने सड़कको ठूलो गोलाईमा हाई मास्ट ल्याम्प लगाउने कार्य भइरहेको छ। यहाँ 16 मिटर अग्लो ल्याम्प पोष्ट लगाइने अनि यस ल्याम्प पोष्टमा जम्मा 6 वटा उच्च क्षमताको बिजुली बत्ती बल्ने त्यहाँ कार्यरत तक्निसियनले बताएका छन्‌‍। यसको अतिरिक्त खरसाङ नगरपालिकाको नयाँ बजार, डाउहिलको सुवास घिसिङ मेमोरियल सार्वजनिक भवन, शेर्पा बस्तीमा पनि यस प्रकारको ल्याम्प लगाउने कार्य भइरहेको तक्निसियनले बताए। ठूलो गोलाईमा हाई मास्क ल्याम्प लगाएकोमा हर्ष प्रकट गर्दै स्थानीय मानिसहरूले यसलाई असल कार्य भनी बताएका छन्‌‍। स्थानीय एक व्यक्तिले भने, बितेको वर्षहरूमा यस स्थानमा राखिएका गाड़ीहरूको ग्लास उपद्रवीहरूले फुटाइदिएका थिए। हिजै मात्र यहाँको एक व्यक्तिको पीकअप भ्यानको चक्का माथिको क्याप टोकेर झुरा-झुरा बनाइएको छ। पीकअप भ्यानको यो क्याप कुकुरले टोकेको हो अथवा चितुवाले टोकेको हो, ठोकुवा गरेर भन्न नसकिए तापनि उक्त क्यापको अवस्था हेर्दा चितुवाले टोकेको जस्तो छ। यसरी हाई मास्ट ल्याम्प लगाइएपछि यस स्थानमा रातिको समयमा उज्यालो रहन्छ, उज्यालो रहेको समयमा चोरी, आपराधिक घटनाहरू हुने सम्भावना कम रहन्छ। रातिको समयमा मानिसहरूलाई हिँड़न सुविधा हुन्छ। यहाँ हाई मास्ट ल्याम्प लगाएकोमा हामी बसै खुशी छौँ। खरसाङ नगरपालिका प्रशासनिक बोर्डका अध्यक्ष वृगेन गुरुङले यस बारेमा भने, खरसाङ नगरपालिका क्षेत्रमा जम्मा 10 वटा हाई मास्ट ल्याम्प लगाइन्दैछ। यी 10 वटा ल्याम्प लगाउनको निम्ति कलकत्ताको रोशनी इलेक्ट्रिकल कम्पनीले टेण्डर प्राप्त गरेको छ। खरसाङ्को डाउहिलस्थित सुवास घिसिङ मेमोरियल सार्वजनिक भवन, नयाँ बस्तीको श्मशान घाट, ग्रीनहील गोलाई, इगल क्रयागको बगैँचा, चानबारी, हिमाली रोडको ठूलो गोलाई, मन्टभियटको बाईपास, खरसाङ महकुमा शासक कार्यालय क्षेत्र, सुपरमार्केट नजिक एसएस रोड अनि शेर्पा बस्तीको गोलाइमा हाई मास्ट ल्याम्पट लगाइनेछ। यी ल्याम्पहरूको उचाई 16-17 मिटर रहनेछ, यसमा 2 सय वार्डको 6 वटा एलईडी बल्ब रहनेछन्‌‍। गुरुङले यसको अतिरिक्त खरसाङ नगरपालिकाले 3 सय 75 थप स्ट्रीट लाईट खरसाङ्को शहीद कप्तान सुरज शर्मा पथ, कप्तान रामसिंह ठकुरी पथ, धोबी खोलादेखि रोहिणी रोडको जिरोसम्म अनि हनुमान टपदेखि नयाँ बस्तीसम्म लगाइने, यसको निम्ति कार्य चाँड़ै आरम्भ हुने बताए। तिनले अहिलेसम्म खरसाङ नगरपालिका क्षेत्रमा जम्मा 1 हजार 7 सय 21 स्ट्रीट लाईट रहेको ती स्ट्रीट लाईटहरूमा जलेको बल्बहरू बद्लिने कार्य भइरहेको बताउदै शहरी क्षेत्रको सबै स्ट्रीट लाईट स्वतन्त्र दिवस अगावै मरमति गर्ने योजना बनाइएको भए तापनि टेण्डर र कतिपय तक्निकी कारणले यो कार्यमा केही ढिलाइ भएको पनि बताए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ