गुन्द्री बजार पथ पसले संघको बार्षिक सभामा पुरानो प्रथा अनुसार शहर बिहिबार बन्द हुने निर्णय

Share this news

दार्जिलिङ,22 जुलाई(निसं): आइतबारको दिन गुन्द्री बजार पथ पसले संघको तेस्रो बार्षिक सभा अध्यक्ष बीरेन्द्र बम्जनको सभापतित्वमा स्थानीय गोर्खा दुःख निबारण सम्मेलन भवनमा सम्पन्न भयो। उपाध्यक्ष सुधिर घलेले सञ्चालन गरिएको उक्त  सभामा अधिक मात्रामा संघका सदस्यहरूको सहभागिता रहेको थियो । सभाको पहिलो चरणमा दीप प्रज्ज्वलन साथै महात्मा गाँधीको तस्बिरमा माल्यार्पण गरियो। आफ्नो स्वागत सम्बोधनमा सुधिर घलेले दुई बर्षको सफल सञ्चालन पछि यो तेस्रो सभा मात्र नभएर तेस्रो बार्षिकोत्सव पालन गरिएको जस्तो आभाष भएको साथै सबै पसले सदस्यहरूको एकता र समर्थनमा नै संघ दिगो रहने मन्तब्य पेस गरे। सचिव गोबिन्द प्रधानले, संगठनले सदस्यहरूको हितमा संगठनले बजारमा चोरी हुने सम्भावनामा सीसी टीभी जडान गरिएको, नगरपालिकाद्वारा सय प्रतिशत कर बडाइएको तर संगठनको पहलमा 50 प्रतिशत घटाउनु सक्षम रहेको साथै अन्य धेरै सामाजिक कार्यहरू गरेको विवरण सभालाई जनाए।
कोषाध्यक्ष दिनेश छेत्रीले बार्षिक आय-व्यायको फाँटवारी प्रस्तुत गर्दै  अन्य सामाजिक कार्यको निम्ति पनि संघको कोषबाट सहयोग राशि प्रदान गरेको तथ्य सभामा राखे। कार्यक्रम माझमा नै संघका 90 बर्ष उमेर पुगेका  बयोबृद्ध सदस्य महमद शमशेरलाई मञ्चमा राखी अध्यक्षको बाहुलीबाट श्रद्धार्पण गर्दै  नेपाली टोपी लगाएर सम्मान जनाईयो। यसरी नै कार्यवाहक अध्यक्षद्वय ध्रुब तोलांगे, बीरमान सिंह , उपाध्यक्षद्वय प्रिया दास, मिरा गुरूङ साथै कार्यकारी सदश्य सेण्डुप डुक्पाद्बारा वक्तव्य राखे। जसको सार सांगठनिक एकता, संघको उत्तरोत्तर प्रगति, संघ सञ्चालनमा अनुशासन , आफ्नो बजार क्षेत्र स्वयंद्वारा साफ-सुग्घर राखिनुपर्ने साथै संघको गरिमालाई  अघि बडाउन कस्ता पहलहरू चालिन पर्ने जस्ता विषयहरू समाहित थिए। आफ्नो अध्यक्षीय सम्भाषणमा बीरेन्द्र बम्जनले संगठनको हितार्थ आफू केही गर्न पछि नपर्ने विशेष अगावैको कार्यकारिणी सभामा पारित  प्रस्ताव साथै नगरपालिकाको सुझावलाई  पनि आत्मसात गर्दै ,अबदेखि उसो हाम्रा संगठनका पसलहरू जन्ताको हित र सुविधालाई ध्यामा राख्दै अब उसो बिहिबार खोलिने र आईतबार बन्द रहने घोषणा गरे। उक्त बन्दको दिन कुनै पनि पसल नखोलिदि ने निवेदन पनि गरे।विशेष शहर बन्दको दिन बाहिरबाट धेर‌ मानिसहरू आएर अन‌ैतिक रूपमा हाम्रो पसल बाहिर दोकान लगाउने क्रम उग्ररूपमा बड्दै गरेको,जसले  गर्दा  हाम्रा सदयहरुको ब्यापार ठुलो नोक्सान भएकोले गर्दा नगरपालिका लगायत लगायत पुलिस प्रशासनले यस्तो अनैतिक  कार्य  रोक्न रोकथाम गर्न पहल गरिदिने निवेदन पनि संघले गरेको छ। साथै यस विषयमा संघ मार्फत सम्बन्धित निकायलाई पत्रचार गर्ने पनि सभालाई जनाइयो।
बर्तमान कार्यकारीणीले नै सराहनीय कार्य गरेको ठान्दै यसैलाई यथावत राखी केही फेरबदल गरियो । जस्मा बीरेन्द्र बम्जन अध्यक्ष , कार्यबाहक अध्यक्षद्वय सुधिर घले, ध्रुव तोलांगे, उपाध्यक्षद्वय बीरमान सिंह, प्रिया दास,  सचिव गोबिन्द प्रधान , सह-सचिव  महमद नुमान, कोषाध्यक्ष  दिनेश छेत्री , सह-कोषाध्यक्ष राजेन कुमार प्रधान एवं अर्जुन छेत्री साथै  सल्लाहकारमा  रत्न कुमार मुखिया चयन गतियो।       कार्यकारी सदस्यमा क्रमैले मिरा गुरूङ, फूपू लमु प्रधान , राधा सुब्बा, पुनर थापा ,,राजेन प्रधान , ज्योति रत्न तुलाधर , राजेन रसाइली ,रतन लेप्चा , दिपक छेत्री , ललित तामाङ, सेन्डुप डुक्पा, राम नारायण प्रसाद, बन्टी अग्रवाल, बिजय प्रसाद, मण्डल गुप्ता , अमित गुपता, शत्रुघन सिंह, रियाज अहमद , तौकिर असरफ अहमद , गुलाम नबी, सुरजित सिंग हानेजा,  फिञ्जो भुटिया आदि सदस्यहतु समावेस गरिएपछी सभाध्यक्षले सभा समापनको घोषणा गरे।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ