अनित थापाले चालक समस्याको समाधानका लागि बैठक बोलाउने घोषणा गरे   म समस्या देखाएर राजनीति गर्ने नेता होईन, समाधान निकाल्ने नेता हुँ:  अनित थापा

Share this news

कालेबुङ,22 जुलाई(निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) मुख्य कार्यपाल अनित थापाले चालकहरूका समस्याहरू समाधान गर्न प्रशासनिक बैठक बोलाउने घोषणा गर्दै आफू समस्या देखाएर राजनीति गर्ने नभएर समाधान निकाल्ने नेता हुँ भनी बताए।उनले यो घोषणा चालक महासंघ कालेबुङद्वारा आयोजित 8औं स्वर्गीय छिरिङ दोर्जी भुटिया शैक्षिक सम्मान समारोहमा सम्बोधन गर्दै भनेका हुन्।  सम्बोधनमा प्रमुख कार्यपाल थापाले चालकहरूको समस्यामा बितेको उल्लेख गर्दै समाधानका लागि निकट भविष्यमा बैठक बोलाउने सूचना दिदै भने, मैले यहाँ बोलेर समस्याको समाधान हुँदैन। म समस्या देखाएर राजनीति गर्ने नेता होईन, समाधान निकाल्ने नेता हुँ। चालक दाज्यूभाइहरूको समस्या समाधान गर्न एउटा प्रशासनिक बैठक डाक्नेछु। त्यस बैठकमा जिल्ला प्रशासक (डीएम), परिवहन अधिकारी (आरटीओ), जीटीए प्रधान सचिव, सम्बन्धित अधिकारीहरू र चालक महासंघका प्रतिनिधिहरू उपस्थित रहनेछन्। थापाले राष्ट्रिय राजमार्गमा बारम्बार हुने बन्दको घटनालाई गम्भीर रूपमा लिएर यसको अनियमितता रोकिनु पर्ने बताए साथै राष्ट्रिय राजमार्ग जहिले पायो तहिले बन्द हुनु हुँदैन। जुन दिन देखि राष्ट्रिय मार्ग केन्द्रको हातमा पुग्यो, तब देखि बन्द गर्ने र खोल्ने काममा अनियमितता देखिंदैछ। यो अनियमितता बन्द गर्नुपर्छ। आफ्नो राजनीतिक यात्राको कठिनाइ र लाञ्छना, रिस सहने अनुभव साझा गर्दै थापाले पहाडको शैक्षिक अवस्थामा आएको सुधारमा जोड दिँदै भने, हिजोको दिन शिक्षाको वातावरण डावाँडोल थियो। आज आइपुग्दा पहाडको परिवेशमा परिवर्तन आएको छ। परिवेशमा परिवर्तन ल्याएर हाम्रो बारी राम्रो बनाउने काम गर्दैछौं। यस बारीमा यहाँ उपस्थित विद्यार्थी नानीहरूले मल जल लगाउनु पर्छ।
चालक महासंघले आयोजना गरेको यस समारोहले शैक्षिक पुरस्कारहरू वितरण गर्दै स्वर्गीय छिरिङ दोर्जी भुटियाको सम्झनामा समर्पित गरिएको थियो। थापाले महासंघका अध्यक्ष महेन्द्रको चालक समस्याको प्रस्तुतिलाई पनि सराहना गरेका थिए।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न