पार्टीभित्र बस्न नसकिने भाजपा मण्डलअध्यक्षहरु भनाइ 

Share this news

दार्जीलिङ,21 जुलाई(निसं): केन्द्र सरकारले गोर्खा समुदायको मुद्दाप्रती हालसम्म केहि काम नगरेपछि विपक्षी पाटीहरु तथा गोर्खा सरोकारवालाहरु सगै पार्टीभित्रै पनि विस्तारै निराशापन शुरु हुन थालेको छ भने केन्द्र सरकारले गोर्खाको मुद्दामाथि केही काम नगरे कार्यकर्ताहरु पार्टीभित्र बसेर काम गर्न नसकिने स्वरहरु उठ्न थालेको छ। यसैबीच शनिबार गोर्खा जातिका मुद्दा स्थायी राजनैतिक समाधान अनि गोर्खाका 11 जात गोष्टीहरुलाई अनुसूचित जनजातिको दर्जा दिईने भाजपा सरकारको वाचा विषयलाई लिएर दार्जीलिङ जिल्ला अधिनस्त चुङथुङ- मेरिबोङ -तामसाङ समष्टिमा वरिपरिका दशवटा मण्डलका पुर्व अध्यक्षहरुको साथमा पार्टीका सक्रिय सदस्यहरुको विशेश उपस्थितिमा एक समिक्षा सभा सम्पन्न गरिएको जानकारी छ। भाजपा दार्जीलिङ जिल्ला समितिको जानकारी अनुसार, पुर्व मण्डल अध्यक्ष प्रमोद राईको अध्यक्षतामा सप्पन्न सभामा पार्टीको हालको गतिविधि तथा गोर्खाको मुद्दाप्रती पार्टीले चासो नदेखाउनु अत्यन्तै चिन्ताको विषय रहेको ठहर गरिएको प्रमोद लावती पुर्व मण्डल अध्यक्ष पुल-बिजनबारी गोक मण्डलले बताए भने आफुहरु केवल मुद्दाको निम्ति भाजपामा गएको तथा यसबारेमा पार्टीलाई जानकारी भएको भए पनि हालसम्म केहि नगर्नुमा जनमानस सगै आफुहरुलाई नै शंका लाग्न थालेको उनले बताए। उनले अझ भने, मुद्दाको छिनाफानो चाडो हुन पर्छ भनी पार्टीका वरिष्ठ नेत्रीत्व माननीय प्रधान मंत्री, गृहमंत्री अनि राष्ट्रीय अध्यक्ष जेपी नड्डा समेत गत 2023 सालदेखी पत्रचार गर्दै आएका हौ, साथै जिल्ला सभापति अनि  सांसदलाई बारम्बार सभाद्वारा अनि कोहि  बेला पत्रद्वारा मुद्दाको विषय माथि प्रभावशाली कार्य गर्न पर्छ भनि विन्ती चडाउँदै आएका हौ। तर हालसम्म केहि अत्तोपत्तो छैन।
यसका साथमा यहाँसम्म आउँदा पनि मुद्दा विषयमा भाजपाबाट स्पष्ट नहुँदा आगामी 2016 सालको विधान सभा चुनाव अघि दुई मुद्दालाई सफल हुने कार्यको थालनी हुनपर्छ भनि हाम्रो स्पष्ट अडान छ सभामा उपस्थित अर्को सदस्य तथा चुङथुङ-मेरिबोङ-तामसाङ मण्डलका पुर्व अध्यक्ष प्रमोद राईले बताए । यसका साथै यदि चुनाव अघि मुद्दा पार नलागे यी सक्रिय सदश्यहरु सबैले पार्टीमा बसेर काम गर्न नसकिने सभामा स्पष्ट अडान राखिएको राईले जानकारी गराए ।
सभामा रिम्बिक लोधोमा, रेलिङ कैजले, पुल बिजनबारी, चुङथुङ मेरिबोङ, सदर-1 सुनदह, नागरी लगायत मिरिकका तीनवटा मण्डलहरुका पुर्व अध्यक्षहरु लगायत विभिन्न मण्डलहरुका पार्टीका सक्रिय सदस्यहरुको विशेष उपस्तिथ रहेको सभामा उपस्तिथि पुल-बिजनबारी-गोक मण्डलहरुका पुर्व महासचिव रबिन सुब्बाले जनाएका छन। स्मरण रहोस् , विगत केहि दिनअघि भाजपाले पहाडको विभिन्न मडलहरु अध्यक्षको नामको घोषणपछि दार्जीलिङ जिल्लामा भाजपा अझै कमजोर देखिन थालेको छ भने साच्चै केन्द्र सरकारले पहाडको निम्ति चुई नबोल्नुले पार्टी कार्यकर्ताहरुले शुरु गरेको पार्टीलाई के कति असर पार्नसक्छ त्यो भविष्यले बताउछ पनि पार्टीभित्रै यस्तो गतिविधिले साच्चै  भाजपाप्रती मोहभंग भने शुरु भएको स्पष्ट हुदछ।



Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न