मध्यरातको भयानक हावा-बतासले सिंगतामा रुखले एक घर क्षति 

Share this news

दार्जीलिङ,21 जुलाई(निसं): वर्षाझरीको समय दार्जीलिङ पहाडमा भल-पहिरोको सन्त्रास भइरहेको बेला हिजो मध्यरातदेखी अचानक आएको पानीसंगै हुरी-बतासले दार्जीलिङ पहाडको जनजीवनमा अस्तव्यस्त बनाइदिएको छ।पहाडवासी यसरी असामयिक आएको हुरी-बतासको संकेत राम्रो होइन भनी बताउँछन् । दार्जीलिङ शहरदेखी लगभग 5 किलोमिटर दुरीस्थित सिंगताम चियाबारीको महत धुरामा गत रातीको भयानक हुरी-हुन्डरीले हेम्कुमार देवानको घरलाई रुख डलेर क्षतिग्रस्त बनाएको छ। घाटनाको समय परिवार घरभित्रै रहेको तर रुखले मानवीय नोक्सान नपुगेको राजा देवानले बताए। हिजो मध्यरातदेखि आएको हावा-पनीले दार्जीलिङ पहाडका विभिन्न क्षेत्रहरूमा क्षति पुराएको जानकारी रहेकोछ।
सिंगताम महतधुरामा रूख ढल्दा घर क्षतिग्रस्त, परिवार सुरक्षित रहेको जानकारी छ। थप जानकारी अनुसार, सिंगताम चियाबारी  महतधुरा स्थित हेमकुमार देवानको घरमा आइतबार बिहान लगभग 3 बजी आएको तीब्र हावा र वर्षाका कारण घर नजिककि ठूलो रूख ढल्दा घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। यस घटनामा घरको बाथरूम-देखी अन्य संरचना पूर्ण रूपमा क्षति भएको जानकारी प्राप्त भएको छ। सौभाग्यवश, घरमा बसोबास गर्ने सम्पूर्ण परिवार सकुशल रहेका छन्। दार्जीलिङ सदर-1 समष्टिका अध्यक्ष अमृत योञ्जन तुरुन्तै घटनास्थलमा पुगेर निरीक्षण गरे। घटनाको गम्भीरता बुझी अध्यक्ष योञ्जनले गोर्खाल्यान्ड क्षेत्रीय प्रशासनका प्रमुख अनित थापालाई जानकारी गराएका थिए। प्रमुख थापाले पीडित परिवारलाई हरसम्भव सहयोग गर्ने आश्वासन दिँदै घरको पुनर्निर्माणको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाएका छन्।स्थानीय प्रशासन र पार्टी प्रतिनिधिहरूको सहकार्यमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने प्रयास भइरहेको जनाइएको छ।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ