खस भारतीय हितकारी सम्मेलनद्वारा छैटौँ वार्षिक सम्वर्द्धना समारोह सम्पन्न

Share this news

खस भारतीय हितकारी सम्मेलन सोनादा आञ्चलिक समिति तथा अप्पर सोनादा शाखाको आयोजनामा छैटौँ वार्षिक सम्वर्द्धना समारोह सम्पन्न भएको छ। यस समारोहलाई सोनादा आञ्चलिक समितिको सभापति प्रताप छेत्रीले अध्यक्षता गरेका थिए भने प्रमुख अतिथिको रुपमा जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान उपस्थित रहेका थिए।अतिथिहरुको बाहुलीबाट दीप प्रज्ज्वलन गरेर थालिएको कार्यक्रममा स्वागत सम्भाषण सोनादा आञ्चलिक समितिको मूल सचिव राजेन छेत्रीले राखेका थिए भने स्वागत नृत्य सम्भवी छेत्रीले अप्पर सोनादा शाखाको तर्फबाट प्रस्तुत गरेका थिए। कार्यक्रममा कविता वाचन प्रयत्न कार्की, लोवर रमिते शाखाबाट प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा खस प्रेरणा सम्मान आनन्द छेत्री अनि अर्पणा छेत्रीलाई प्रदान गरिएको छ। कार्यक्रममा गीत गायक अमर शर्माले प्रस्तुत गरेका थिए भने नृत्य श्रद्धा छेत्रीले लोवर रमिते शाखाको तर्फबाट प्रस्तुत गरेका थिए भने 11 माईल प्रशान्तिग्राम शाखाको तर्फबाट पनि प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा माध्यमिक तथा उच्च माध्यमिक परीक्षा 2024 अनि 2025 मा सर्वोकृष्ट अङ्कद्वारा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान पनि जनाइएको छ। यस अवसरमा जीटीए टप्पर अभिमन्यु भण्डारीलाई सम्वर्द्धना पनि जनाइएको छ। कार्यक्रममा उपस्थित प्रमुख अतिथि जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानलाई पनि सम्मान जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको डेपुटी चेयरम्यान राजेस चौहानले आफ्नो सम्बोधनमा भने, मानव जातिमा तीन प्रकारका दिमाग हुन्छ, एउटा सानो दिमाग, एउटा साधारण दिमाग र एउटा ठूलो दिमाग। सानो दिमागले मान्छेको चर्चा गर्न सिकाउँछ, साधारण दिमागले घटनाको चर्चा गर्न सिकाउँछ अनि ठूलो दिमागले जीवनको चर्चा गर्न सिकाउँछ। हामी कुन दिमाग लिएर हिँड्दैछौँ? हामी जीवनको वैचारिक चर्च गर्ने ठूलो दिमाग लिएर हिँड्नुपर्छ। विद्यार्थीहरु नानीहरु पनि वैचारिक दिमाग लिएर हिँड्नुपर्छ।‌’उनले अघि भने, म प्रशंसासित डराउँछु, कारण प्रशंसाले अघि बढ्नु दिन्दैन। म प्रशंसासित अघि बढ्नु सक्दिन।‌’राजेस चौहानले कार्यक्रममा खस हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिको तर्फबाट सम्मान जनाइएको छ जसलाई विद्यार्थीहरुले प्रशंसालाई मात्र होइन जीवनमा सफल हुन वैचारिक चर्चालाई पनि अघि बढ़ाउने आह्वान्‌‍ गरेका छन्‌‍। कार्यक्रममा सेक्सोफोन धून कलाकार सुनिल कोइरालाले प्रस्तुत गरेका थिए। कार्यक्रममा केन्द्रीय समिति अध्यक्ष मदनकुमार मिश्रले सम्भाषण राखेका थिए। कार्यक्रममा अध्यक्षीय सम्भाषण समारोहको अध्यक्ष सोनादा आञ्चलिक समितिको सभापति प्रताप छेत्रीले राखेका थिए।कार्यक्रमलाई समिर छेत्रीले सञ्चालन गरेका थिए। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खस हितकारी सम्मेलन सोनादा आञ्चलिक समितिको सभापति प्रताप छेत्री र मूल सचिव राजेन छेत्रीले विस्तृत रुपमा जानकारी गराएका छन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ