खरसाङ सुपर लीग 2025 च्याम्पियन डिभिजनको विजेता मकैबारी एफसी

Share this news

खरसाङ, 20 जुलाई (निस): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको च्याम्पियन डिभिजन अन्तर्गत फाइनल खेल सम्पन्न भएको छ। खरसाङ फुटबल एसोसिएशनको तत्वावधानमा आयोजित यो टुर्नामेन्टको फाइनल खेल गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भएको हो। अघिबाटै च्याम्पियन डिभिजनको फाइनलमा पुल ए बाट 9 अङ्क प्राप्त गरेर पुगेको मकैबारी युनाइटेड फुटबल क्लब अनि पुल बी बाट 9 अङ्क प्राप्त गरेर पुगेको खरसाङ स्पोर्टिङ क्लब मन्टिभियटमाझ खेल सम्पन्न भयो। यस खेलमा दुवै दलका खेलाड़ीहरूले आफ्नो उत्कृष्ट खेलको प्रदर्शन गर्दै खेले तापनि मकैबारी युनाइटेड एफसीका खेलाड़ीहरूको पक्ष खेलको अवधिमा भारी देखियो। यस टीमका खेलाड़ीहरूले लगतार प्रयास गरे अनि 5 गोल गर्न सफल बने। खरसाङ स्पोर्टिङ क्लबका खेलाड़ीहरूले आफ्नो लगतार प्रयासपछि 2 गोल गर्न सफल बने, यस प्रकार खरसाङ सुपर लीग 2025 च्याम्पियन डिभिजनको खिताब मकैबारी युनाइटेडले हत्याएको छ। खेल शुरु देखिनै रोमञ्चक रहेको थियो। मकैबारी युनाइटेड फुटबल क्लबका खेलाड़ी पेमा लामाले 3 गोल गरे भने सुमिरन प्रधान अनि सोहित प्रधानले 1-1 गोल गरे। खरसाङ स्पोर्टिङ क्लबका तुशान्त थापा अनि अल्केश तामङले 1-1 गोल गरे। सुपर लीगको च्याम्पियन डिभिजनमा सर्वोत्तम गोल किपर आईटीआई टुङ्का अनिश राई भने सर्वाधिक गोल गर्ने खेलाड़ी मकैबारी युनाइटेड एफसीका पेमा लामा भए, तिनले जम्मा 7 गोल गरेका थिए। फाइनल खेलको उत्कृष्ट खेलाड़ी मकैबारी युनाइटेड एफसीका बिगेन सुब्बालाई चयन गरियो। टुर्नामेन्टको उत्कृष्ट खेलाड़ी मकैबारी युनाइटेड एफसीका पेमा लामालाई चयन गरियो। अर्को तर्फ 18 जुलाईको दिन सम्पन्न प्रिमियर डिभिजनको निर्णायक खेलमा 12 अङ्क प्राप्त विजेता बनेको युकेएफसी टीमलाई पनि आइतवार ट्रफी, पारितोषिक प्रदान गरियो। प्रिमियर डिभिजनको टुर्नामेन्टमा सर्वोत्तम गोल किपर युकेएफसीका रुपक तोया भए। निर्णायक खेलको उत्कृष्ट खेलाड़ी केएफसीका अरुण तामाङ, टुर्नामेन्टका उत्कृष्ट खेलाड़ी युकेएफसीका नयन प्रधान, सर्वाधिक गोल गर्ने खेलाड़ी पनि युकेएफसीका रुस्तम प्रधान भए, तिनले टुर्नामेन्टको अवधिभर जम्मा गोल 9 गोल गरेका थिए। आइवारको फाइन खेलमा प्रमुख अतिथिको रुपमा खरसाङ एसडीपीओ निर्जा अनिश साहा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा खरसाङ नगरपालिका प्रशासनिक बोर्ड उपाध्यक्ष सुवास प्रधान, भारतको राष्ट्रिय महिला फुटबल टीमका मुख्य प्रशिक्षक क्रिस्पिन छेत्री, खरसाङ ब्याटमिन्टन एसोसिएशनका अध्यक्ष प्रेमेन्द्र गुरुङ, खरसाङ ट्राफिक ओसी वीरेन्द्र छेत्री, पूर्व सभासद्‌‍ महेन्द्र प्रधान, गोथल्स साइडिङ ग्राम सुधार समितिका अध्यक्ष अल्फन्स लेप्चा उपस्थित थिए। कार्यक्रममा एसडीपीओ निर्जा साहाले आफ्नो सङ्क्षिप्त वक्तव्यमा पहाड़मा भौगोलिक हिसाबमा फुटबल मैदानको कमी रहे पनि फुटबल खेलको आयोजना भइरहेको र खेलाड़ीहरू निस्किरहेको बताउदै नशालु पदार्थ विरुद्ध जागरुक गराउँदै वक्तव्य प्रस्तुत गरिन्‌‍।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ