पुलबजारमा दिल्ली अकादेमी र शब्द साधना मञ्चद्वारा संयुक्त कार्यक्रम

Share this news

पुलबजार, 20 जुलाई(निसं): साहित्य अकादमी नयाँ दिल्ली र शब्द साधना मञ्च पुलबजारको संयुक्त आयोजनामा प्रख्यात नेपाली लेखकहरूको साहित्यिक मञ्च साथमा प्रख्यात साहित्यकार एम पथिकसित लेखकको भेटघाट कार्यक्रम सम्पन्न भयो। मञ्चका निज सभापति कवि भक्तकुमार सुब्बाको अध्यक्ष्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा साहित्य अकादेमी नयाँ दिल्ली , नेपाली भाषा परामर्श समिति संयोजक  शंङ्करदेव ढकाल उपस्थित थिए विशिष्ट अतिथहरूमा नेपाली भाषा परामर्श समिति सदस्या  डा. आशा मुखिया लामा लगायत अन्य साहित्य अनुरागी साथै विद्यार्थीहरुको  विशेष उपस्थिति रहेको थियोे। स्थानीय पुलबजार अप्पर लाइनस्थित सार्वजनिक भवनमा सम्पन्न कार्यक्रममा चारवटा सत्रमा विभाजन गरेर कार्यक्रमलाई सञ्चालन गरियो । जसमा प्रथम सत्रमा द्वीप प्रज्जवलन गरी स्वागत भाषण साथै अथितिहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरियो भने दोस्रो सत्रको कार्यक्रम कवि शरण खालिङको अध्यक्षतामा सम्पन्न भयो। जसमा चारजना सर्जकहरूले साहित्यको विभिन्न विधाका कार्य पत्रहरू प्रस्तुत गरेका थिए । प्रथममा डा. बिनुपा राईले भारतीय नेपाली कविता लैङ्गकी परिचय र तृतीय प्रकृतिको अध्ययन सुन्दर ढङ्गमा प्रस्तुत गरिन्। दोस्रो कार्य पत्रमा कवि कर्ण विरहले भारतीय नेपाली साहित्य र रूवाईको प्रयोग अनि परम्पराको समिक्षात्मक टिप्पणी राखे भने भारतीय नेपाली बाल साहित्यको सर्वेक्षणात्मक अध्ययनमाथि कवि कमल भट्टराईले आफ्नो तेस्रो कार्य पत्र प्रस्तुत गरे । यसरी नै चाैथो कार्य पत्र समकालीन, उत्तर आधुनिकता र भारतीय नेपाली कविता विविध बिषयमा रोचक ढङ्गमा डा० महेश दाहालले प्रस्तुत गरे। यसदिन डा. आशा मुखियाले कार्यक्रम आयोजनाको सराहना गर्दै यस्तो कार्यक्रमहरु भईरहनु पर्ने सुझावहरु राखिन्।  यसरी नै प्रमुख अतिथी शंखरदेव ढकालले पनि कार्यक्रमको सराहना गर्दै साहित्यको विभिन्न विधा माथि कार्यपत्र प्रस्तुत गरेकोमा प्रशंसा गरे। आजको कार्यक्रम अत्यन्त उत्कृष्ट अनि राम्रो लागि रहने भएको पनि उनले जनाए।

Share this news
आजको रोजाइ
राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

राष्ट्रपति मुर्मुद्वारा उत्तरी म्यासेडोनियाको संसदमा सम्बोधन: दुई देशको सम्बन्ध र सहकार्य सुदृढ बनाउने प्रतिबद्धता

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

क्याप–सिक्किमका प्रवक्ता महेश राई र अल्बर्ट गुरुङ पक्राउ, गैरजमानती पक्राउ पुर्जीपछि प्रहरीको कारबाही

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

सोरेङमा जिल्ला कलेक्टर धीरज सुवेदीको अध्यक्षतामा जिल्लास्तरीय दिव्याङ्गता र AB-PMJAY को समीक्षा बैठक

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

जीपीटीओद्वारा पश्चिम बङ्गाल सरकारको शिक्षक स्थानान्तरण सम्बन्धी निर्देशको विरोध

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

सिक्किम विधानसभा बजेट अधिवेशन २०२६–२७ : दुई विधेयक पारित, विभिन्न विभागका बजेट अनुमोदित

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

नामथाङमा क्याप–सिक्किमको बैठक, ‘क्याप जनताको आकाङ्क्षाबाट जन्मिएको पार्टी’ : गणेश कुमार राई

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

दार्जीलिङ डिभिजनल बडीबिल्डिङ एण्ड फिटनेस एसोसिएसनको वार्षिक साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

नवप्रवर्तनले फूलखेतीमा भविष्य कोर्ने सिल्भेस्टर राई

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

श्रवण कुमार पुरस्कार-२०२६ को मनोनयन शुरू

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

समरदुङ दुर्घटना: प्रधानमन्त्री मोदीले दिए मुख्यमन्त्री तामाङलाई सबै सम्भावित सहयोगको आश्वासन

आजको रोजाइ