तीनधारेमा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न

Share this news

तीनधारे, 19 जुलाई(निसं): तीनधारेमा आदि पत्रकार पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न भएको छ। तीनधारेको स्मृति वनस्थितको प्रेक्षागृहमा सन्त जोहन चर्चको आयोजनामा आदि पत्रकार पादरी गङ्गा प्रसाद प्रधानको 174 औँ जन्म जयन्ती पालन गरिएको हो। उक्त कार्यक्रमको अध्यक्षता घैयाबारी ब्लु डायमण्ड अंग्रेजी स्कूलका निर्देशक बीबी थापाले गरेका थिए भने प्रमुख वार्ताकार साहित्यकार एवं शिक्षक युवराज सुन्दास उपस्थित रहेका थिए। कार्यक्रममा शुरूवाती प्रार्थना सन्त जोहन चर्चकी एल्डरनी आमाद्वारा गरियो। कार्यक्रमलाई शिक्षिका प्रेजिना मोक्तानले सञ्चालन गरेकी थिइन्‌‍। पादरी गंगाप्रसाद प्रधानको जीवनी पास्टर तिरस राईले प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख वार्ताकार वरिष्ठ साहित्यकार युवराज सुन्दासले पादरी गङ्गाप्रसाद प्रधानको कष्टदायक जीवन अनि उनले गरेका पत्रकारिताबारे प्रकाश पार्दै पादरीको नेपाली पत्रकारिताको क्षेत्रलाई मात्र पनि हेऱ्यैाँ भने पनि उनलाई फादर अफ्‌‍ जर्नलिज्म भन्न सुहाउने बताए। यसका साथै सुन्दासले त्यसताक पादरी गङ्गा प्रसादले आफ्नो जीवनकालमा गरेका साहित्य, धार्मिक साथै समाज सेवाको मूल्यांकन गर्नु हो भने म त ब्लाक डायमण्ड भन्न रुचाउँछु भन्दै आफ्नो मत प्रकट गरे। साहित्यकार सुन्दासले जसरी कवि भानुभक्तले रामायण तथा आफ्नो रचनाहरूद्वारा तिनताकको नेपाली समाजमा सामाजिक, धार्मिक जागरूकता ल्याए त्यसरी नै पादरी गङ्गाप्रसादले पनि शैक्षिक, सामाजिक र धार्मिक जागरूकता ल्याए र धर्मले मानिसलाई अनुशासित बनाउँदछ भन्ने विचार व्यक्त गरे। उनले हामी एक भएर रहनु पर्ने सबैलाई आह्वान्‌‍ गरे। कार्यक्रममा प्रधान अध्यापिका रूथरानी राईको अगुवाईमा सन्त जोहन चर्चको सदस्याहरूले पादरी गङ्गाप्रसादद्वारा रचित भजन ‌’छैन केही स्थिर यो जगमा‌’ प्रस्तुत गरे भने पनु लेप्चा, शिक्षिका कवियत्री उर्मिला लामा, एल्डर मसीह प्रकाश मोक्तान र सुवास बान्तवाले स्वरचित कविता पठन गरे। कार्यक्रममा सन्त जोहन चर्चका वरिष्ठ सदस्य दिपक थापाले धन्यवाद ज्ञापन गरेका थिए। पास्टर तिरस राईको अन्तिम प्रार्थना अनि समारोह अध्यक्षको संक्षिप्त वक्तव्यपछि कार्यक्रम समाप्त गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ