Mahanadi-Sibitar Road being repaired

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

Share this news

महानदीदेखि सिविटार जाने रोडमा गएको पैह्रोले स्थानीयहरुलाई भईरहेको असुविधालाई ध्यानमा राखेर आजदेखि पैह्रो मरमत्तिको कार्य शुरु गरिएको छ। गत महिना 24 जूनको साँझ र 26 जूनको बिहान गएको पैह्रोले स्थानीयहरुलाई धेरै असुविधा भईरहेको थियो।‌ यो पैह्रो भएर गाडीहरु कुदाउन पनि धेरै असुविधा भईरहेको थियो भने ठूला गाडीहरु कुदाउन बन्द गरिएको थियो अनि साना गाडीहरू र स्कुटी बाइकहरु पनि कुदाउन जोखिमपूर्ण बनेको थियो। यस्तो अवस्थालाई ध्यानमा राखेर आजदेखि पैह्रो मरमत्तिको लागि कार्य शुरु गरिएको छ। उक्त पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरु पञ्चायत प्रधान, पञ्चायत समिति सदस्य, पञ्चायत सदस्य लगायत अन्यहरु मिलेर पहल गरिएको बताइएको छ। यो पैह्रोग्रस्त रोडको मरमत्तिको लागि स्थानीय जनप्रतिनिधिहरुले जीटीए प्रमुख कार्यपाल अनित थापासित भेट गरेर विभागीय अधिकारीहरुको भ्रमण निरीक्षणपछि‌ आजदेखि काम थालिएको जनाइएको छ। यस विषयमा खरसाङ खण्ड पञ्चायत समितिको सदस्य कुसाङ लामाले स्थानीय जनसाधारणको असुविधालाई ध्यानमा राखेर पैह्रो गएको दिनदेखि मरम्मतिको लागि पहल गरिरहेको र जीटीए प्रमुख अनित थापाको सहयोगमा यो पैह्रो निर्माणको कार्य आजदेखि शुरु गरिएको जानकारी गराएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ