जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उद्घाटन

Share this news

सोनादा ,16 जुलाई (निसं): रंगबुल धोतरिया रङ्मुक समष्टि अन्तर्गत धोतरिया चियाबारीको निज गाउँमा सार्वजनिक भवनको उदघाटन गरिएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको दार्जीलिङ अभियान्त्रिकी विभागद्वारा निर्माण गरिएको धोतरिया चियाबारी निज गाउँ सार्वजनिक भवनको आज उद्घाटन गरिएको हो। उक्त नवनिर्मित सार्वजनिक भवनको उदघाटन क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानको बाहुलीबाट सम्पन्न गरिएको छ। उक्त उदघाटन गरिएको नवनिर्मित सार्वजनिक भवनलाईआजदेखि नै निज गाउँ ग्राम युवा संघ धोतरियालाई सुम्पिएको छ। यस सार्वजनिक भवनको उदघाटन समारोहमा मुख्य अतिथिको रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका डेपुटी चेयरम्यान एंव क्षेत्रीय सभासद राजेस चौहान उपस्थित रहेका थिए भने विभागीय अभियन्ताहरु, पञ्चायत प्रधान, पञ्चायत सदस्यहरु, पञ्चायत समिति सदस्य जीवन प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा उपस्थित क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानले सम्बोधन गर्दै रंगबुल धोतरिया रंगमुक समष्टिमा धेरै विकास कार्य भईरहेको र आगामी दिनमा पनि धेरै विकासका कार्यहरू गर्नु बाँकी रहेको बताएका छन्‌‍। जनधारणको माया र साथ यसरी नै जारी राखिदिने अनुरोध तिनले गरेका छन्‌‍। राजेस चौहानले उदघाटन गरिएको सार्वजनिक भवन यहाँको समाजलाई सुम्पिएको र यसलाई राम्रोसितले देखरेख गरिदिने स्थानीयहरुलाई निवेदन पनि गरेका छन्‌‍। आफ्नो सम्बोधनमा उनले धोत्रियादेखि इन्टेकसम्म जोड्ने पुलको पनि चाँड़ै निर्माण गरिने घोषणा गरेका छन्‌‍। कार्यक्रममा क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहानलाई स्थानीयहरुको तर्फबाट सम्मान पनि जनाइएको थियो। यस गाउँमा एउटा सार्वजनिक भवन निर्माणको लागि स्थानीय गाउँलेहरुले लामो समयदेखि मांग गर्दै आईरहेका थिए। अहिले आएर जीटीएबाट यहाँ सार्वजनिक भवन निर्माण गरिदिएकोमा स्थानीय गाउँलेहरुको तर्फबाट क्षेत्रीय सभासद एवं जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान र जीटीएको प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिइएको छ। उक्त सार्वजनिक भवनको उदघाटन समारोहपछि पत्रकारहरुलाई सम्बोधन गर्दै निज ग्राम युवा संघका सल्लाहकार केएस बम्जनले सबैलाई धन्यवाद दिएका छन्‌‍। उनले यो समाज धेरै पुरानो रहेको बताउँदै यो समाज 1955 सालतिर नै स्थापना भएको तर अहिलेसम्म पनि समाज घर निर्माण हुनु सकेको थिएन भनी बताएका छन्‌‍। उनले योभन्दा अघिको स्थानीय सरकार समक्ष पनि यहाँ सार्वजनिक भवन निर्माणको लागि मांग गर्दै पहल गरिएको तर निर्माण हुन सकेको थिएन। अहिले आएर स्थानीय सरकारले कम समयमा नै यहाँ सार्वजनिक भवन निर्माण गरिदिएर स्थानीयहरुलाई ठूलो उपकार गरेको छ भनी बताएका छन्‌‍। उनले यो सार्वजनिक भवन निर्माण भएपछि स्थानीयहरुलाई धेरै सुविधा भएको जनाउँदै यो सार्वजनिक भवनको निर्माणको लागि स्थानीयहरुका तर्फबाट क्षेत्रीय सभासद एवं जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान र जीटीएको प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्‌‍


Share this news
आजको रोजाइ
प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

प्रथम टी-टेन क्रिकेट टुर्नामेन्टको विजेता दल डीआईबी खरसाङ

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

स्टेडियम निर्माण कमिटीद्वारा हस्ताक्षर अभियान

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

आनन्द गाउँमा बाटो पुगेकोमा अनित थापालाई धन्यवाद

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

इन्टरलोक्युटर बीट मार्नलाई मात्र नियुक्त गरिएको होः एनबी छेत्री

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

गोरामुमोद्वारा 21 औँ छैटौँ अनसूची दिवस पालन

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

लङ्भ्यू चिया बगानको समस्या समाधान गर्न सबै राजनीतिक दल एकबद्ध हुन पर्छ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

खरसाङ्मा अन्तर्राष्ट्रिय पर्यावरणीय चलचित्र महोत्सव आरम्भ

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

राष्ट्रिय रामार्ग 110 भइसकेको भए तापनि राष्ट्रिय मार्गमा लगाइएको पुराना साईन बोर्डहरू परिवर्तना गर्ने कार्य अझसम्म भएको छैन

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मुख्य 3 उपलब्धिहरूलाई चिह्नित गर्न समारोह आयोजित

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

मरमा चियाबारीमा थेकचेन नामद्रोलिङ गोम्पाको निर्माण शुरू हुने

आजको रोजाइ