तुङसुङमा रुख, जुबलीमा भवन ढल्यो,10 परिवार बेघर

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): अत्याधिक वर्षाको कारण मंगलबार बिहान दार्जीलिङ शहर नजिक वार्ड नम्बर 17 अन्तर्गत लुईस जुबली समाजमा रहेको एक पुरानो भवन पूर्ण रूपमा भत्किएको छ। जसले त्यहाँ बसोबास गर्दै आएका 10 परिवारहरूलाई बेघर भएको छ। वार्ड नम्बर 17 का वार्ड काउन्सिलर नितेश गुरुङ घटना स्थलमा पुगेर घटना अनि त्यहाँको अवस्थाको जाँच गरे, साथै पीडित परिवारहरूसँग संवेदना व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न निर्देशन दिएका छन्। उनले सबै परिवारहरूलाई दुई महिनाको लागि किरायाको घरमा स्थानान्तरण गरिने र उक्त अवधिको सम्पूर्ण खर्च उनले बेहोर्ने प्रतिबद्धता जाहेर गरे। यसै सन्दर्भमा, मंगलबार दिउँसो ती पीडित परिवारहरूलाई जीटीए (गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन)  प्रमुख कार्यपाल अनित थापासित भेट गराइने र थप सहायता तथा दीर्घकालीन समाधानको पहल गरिने जानकारी पनि गराए। आपतकालीन सूचना जारी गर्दै वार्ड काउन्सिलर गुरुङले सबै वार्डहरु वा नगरवासीहरूलाई सचेत रहन अनुरोध गरेका छन्। विशेष जोखिमयुक्त र जीर्ण अवस्थामा भएको घरहरुमा बसोबास गरिरहेकाहरूले तुरुन्तै निकट निकाय वा वार्ड कार्यालयमा जानकारी गराइदिने अनुरोध गरेका छन्।
यसरी नै जानकारी अनुसार, दार्जीलिङ शहर नजिक तुङ्सुङ क्षेत्रमा पनि रुख ढलेर घरलाई क्षती बनाइदिएको छ। यस घटनामा पनि कुनै प्रकारको मानवीय क्षती नपुगेको जानकारी छ।

Share this news
आजको रोजाइ
एसआईआर: विदेशी बनाउने षडयन्त्र

एसआईआर: विदेशी बनाउने षडयन्त्र

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

चट्टानले थिचेर घटनास्थलमै गुम्यो प्राण

अमर बानिया लोहोरोलाई अनुवाद पुरस्कार

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

पाँचघरे ग्राम सुधार समितिको 60 औँ स्थापना दिवस पालन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

बाँदरको समस्या समाधान गरियोस्‌‍ भनी वन विभागलाई ज्ञापन

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

होली फेथ एकाडमीले

होली फेथ एकाडमीले

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र

HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र

‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार सुदेश वि.क.लाई

‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार सुदेश वि.क.लाई