ग्राम पञ्चायत प्रधानहरु सक्रिय र जनहितमा हुनुपर्छ: अनित थापा

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन(जीटीए)-का प्रमुख कार्यपाल अनित थापाको मुख्य सक्रियता तथा खण्ड अन्तर्गत पर्ने समष्टिहरुका सभासदगणको विशेष उपस्थितिमा दार्जीलिङ-पुलबजार खण्ड अधिनस्तका सम्पुर्ण ग्राम पञ्चायतका प्रधानहरू अन्य अधिकारीसँग लालकोठीमा बैठक सम्पन्न भयो।
जीटीए प्रमुख कार्यपाल अनित थापाले जानकारी गराए अनुसार, बैठकमा पञ्चायतका विभिन्न समस्याहरू, प्रक्रियाहरू माथि चर्चा भएको तथा बैठक सार्थक भएको आफुहरुले महसुस गरेको थापाले बताएका छन। उनले भनेका छन् ,  मैले उनीहरूसित कुरा गर्दा सानो भन्दा सानो काम पनि पञ्चायतमा भएको हुनु पर्छ भन्ने सोचलाई जोड दिए। हामीले नगण्य ठान्ने काम जनताको निम्ति बहुमूल्य हुनसक्छ। जनताले चुनेर राखे पछि हामीले जनता कै हितको निम्ति कार्य गर्नुपर्छ। खण्ड स्तरमा, ग्राम पञ्चायतमा  भइरहेको कार्यको रिभ्यु गर्न महिनामा एकचोटि सबै पञ्चायत सँग बैठकमा बस्ने सुझाव दिएको छु। रिभ्यु बैठकमा पञ्चायत स्तरमा भई रहेको कामहरूको सही मूल्याङ्कन हुनेछ। यदि काम गर्दा दिशा परिवर्तन गर्नु पर्‍यो भने त्यो पनि गर्नु सकिन्छ।यसका साथमा थापाले पञ्चायत प्रधानहरुलाई प्रधानको पदको जुन मूल्य अनि महत्व छ त्यो अनुसार प्रधानहरू रहेर कार्य गर्ने अपील गरेको बताए।  जथाभावी अनि आफ्नै पोलिसी बनाएर काम गर्नु नहुने निर्देशन दिएको समेत थापाले बताएका छन।
उनले अझै भनेका छन्, पञ्चायतमा प्रधान नै सबैभन्दा शक्तिशाली व्यक्तित्व पनि हुन्। तर शक्तिशाली व्यक्ति अनुशासित अनि कडा पनि हुनुपर्छ। फ्यातुलो भयो भने काम पनि त्यस्तै हुन्छ। पञ्चायत मार्फत नै विकासका गुणात्मक कार्य हुनुपर्छ।अर्कोतिर बैठक निक्कै सकारात्मक भएको तथा ग्राम पञ्चायतमा हुनुपर्ने कामहरूको असुविधाहरुमाथी व्यापक रूपमा चर्चा भएको तथा सबै प्रधानहरुले आफ्नो समस्याहरुलाई बैठकमा उठाएको जीटीए कृषि विभागीय सभासद सतिश पोख्रेलले बताएका छन। यसको साथै बैठकले ग्राम पञ्चायतहरुलाई कसरी चलाउन सकिन्छ भन्ने बारेमा उपस्थिति अधिकारीहरुलाई विस्तृत रूपमा बताएको उनले बताए। कृषि सम्बन्धित भएको चर्चाबारेमा बोल्दै पोख्रेलले बैठकमा पहाडका युवावर्गहरु कृषिभन्दा अन्य पेशा रुचाउन थालेको बारेलाई निक्कै गम्भीरतापुर्वक लिएको तथा कसरी युवाहरुलाई कृषिको माध्यमबाट स्वनिर्भर बनाउन सकिन्छ अथवा ग्रामीण स्तरमा यसलाई कसरी अधि लैजान सकिन्छ भन्ने बारेमा व्यापक छलफल भएको बताए। यस्तो भुमि सम्बन्ध समस्या मुख्यत ग्रामीण भेगमा ठुलो चुनौतीको रूपमा आएको जसमा हालसम्म पनि प्रायःजसो जमीनहरु बाउ-बाजेको नाममा रहेको लहरे पट्टा रहेको जस्ता समस्याहरु बैठकमा उठान गरेको तथा यसको समाधानको निम्ति ग्राम पञ्चायतसंग सहकार्यमा भुमि एव भुमि सुधार विभागले क्याम्प-को आयोजना गर्ने निधो गरिएको पोख्रेलले बताएका छन।
लगभग तीन घण्टासम्म चलेको बैठकमा प्रमुख कार्यपाल थापावाहेक कृषि विभागीय सभासद सतिश पोख्रेल, पर्यटन विभागीय सभासद नोर्देन शेर्पा सगै सभासदहरु भुपेन्द्र छेत्री, सन्दीप छेत्री, योगेन्द्र प्रधान लगायत खण्ड विकास अधिकारी खण्ड भुमि सुधार अधिकार, 23 वटै ग्राम पञ्चायतहरुका प्रधान लगायत सम्बन्धित अधिकारीहरुको विशेष उपस्थिति रहेको थियो।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ