भानुभक्त आचार्य, रविन्द्रनाथ टेगोर अनि तुलसीदास जयन्ती पालन 

Share this news

दार्जीलिङ,16 जुलाई(निसं): सोमबार, दार्जीलिङको श्री रामकृष्ण बीटी महाविद्यालयमा नेपाली, बंगला र हिन्दी साहित्यका कविहरू भानुभक्त आचार्य, गोस्वामी तुलसीदास र रविन्द्रनाथ टेगोरलाई स्मरण गर्दै सामुहिक भव्यतासाथ कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रम दुई चरणमा भएको कार्यक्रमको प्रमुख अतिथि महाविद्यालयका प्रशासनिक सदस्य एनबी खवास, महाविद्यालयका टिचर-इन्-चार्ज लोचन थापा, पीएल शेर्पा श्रेष्ठ, आनन्द दास, श्रीवर्ण मण्डल, डा. प्रियङ्काकुमारी दुवे, डा. मौसुमी सकार, भूपाल सिङ्गौरे, बन्दना गुरुङ, सलोनी मोक्तान, कुमार तामाङसहित अशिक्षण कर्मचारी साथै प्रशिक्षार्थीहरूका उपस्थिति थियो। कार्यक्रमको थालनीमा आदिकवि भानुभक्त आचार्य, तुलसीदास, रविन्द्रनाथ टेगोरका छायाँछविमा मालार्पणसहित दीप प्रज्वलन गरेका थिए। यसपछि क्रमश: तीन कविहरूका परिचयसहित रामायण पाठ, टेगोरको गीत र तुलसीदासका कविताहरू प्रशिक्षार्थीहरूले प्रस्तुत गरेका थिए।कार्यक्रमको उत्तरार्द्धमा  प्रशिक्षार्थीहरूमाझ सांस्कृतिक पाकवान, गायन, र्‍यम्प वक, नृत्य र कविता प्रतियोगिता भएको थियो। जसका निर्णायकहरू महाविद्यालयका उपस्थित प्राध्यापिक-प्राध्यापिकाहरूले क्रमबद्धरुपमा गरेका थिए। कार्यक्रमको अन्ततिर टिचर-इन्-चार्ज लोचन थापाले तीन विभूतिहरूका योगदानको औचित्य बुझाउँदै प्रशिक्षार्थीहरूमा कलाको विकासका लागि नै विविध प्रतियोगिताको आयोजना गरेका हौ भन्ने सम्बोधन राखे। अन्तमा प्राध्यापिका बन्दना गुरुङले प्रतियोगिताको फलाफल घोषणा गरिन् भने टिचर-इन-चार्ज लोचन थापा र प्रमुख अतिथि एन. बी. खवासको बाहुलबाट पुस्कार वितरण गरे। कार्यक्रमको पूर्वाद्धमा प्रशिक्षार्थीद्वय अमरकृति राई र मोना गुरुङ अनि उत्तरार्द्धमा केवल सिञ्चुरी र चाँदनी प्रधानद्वयले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
महानदी-सिविटार रोडको मरम्मति गरिँदै

महानदी-सिविटार रोडको मरम्मति गरिँदै

होली फेथ एकाडमीले

होली फेथ एकाडमीले

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

आफुसित भएको सरकारी ताकतले जनताको सेवा गर्ने

HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र

HHTDCSS को श्रम आयुक्तलाई ज्ञापनपत्र

‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार सुदेश वि.क.लाई

‘कान्छी तामाङ स्मृति छात्रवृत्ति पुरस्कार सुदेश वि.क.लाई

लोवर गोकमा ढुंगाले किल्चेर दुईजनाको निधन 

लोवर गोकमा ढुंगाले किल्चेर दुईजनाको निधन 

वन बाँच्यो भने हामी पनि बाँच्नेछौ, बनको संरक्षण मानव अस्तित्वको संरक्षण हो : अनित थापा

वन बाँच्यो भने हामी पनि बाँच्नेछौ, बनको संरक्षण मानव अस्तित्वको संरक्षण हो : अनित थापा

अल बुद्धिष्ट एसोसिएसन-को सभा सम्पन्न 

अल बुद्धिष्ट एसोसिएसन-को सभा सम्पन्न 

मानेभञ्ज्याङ टंगलु रेञ्जको आयोजनामा वन महोत्सव कार्यक्रम

मानेभञ्ज्याङ टंगलु रेञ्जको आयोजनामा वन महोत्सव कार्यक्रम

वार्ड 17 को ज्योति ग्राममा फुटपाथ चर्कियो

वार्ड 17 को ज्योति ग्राममा फुटपाथ चर्कियो