दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठन बिजीपीएम भातृ सङ्गठनमा परिणत 

Share this news

दार्जीलिङ, 16 जुलाई(निसं): दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बिजीपीएम)-को भातृ सङ्गठनमा परिणत भयो।
संगठन अध्यक्ष एलन छेत्रीले अनित थापाको नेतृत्वमा समस्या समाधान हुने आशा राख्दै दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनले आजदेखि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बिजीपीएम)- को भातृ सङ्गठन बनेको घोषणा गरे। सङ्गठनका अध्यक्ष एलन छेत्रीले यसको घोषणा गर्दै बिजीपीएम अध्यक्ष अनित थापाको नेतृत्वमा नै उनीहरूको समस्याको समाधान सम्भव छ भन्ने विश्वास व्यक्त गरे। छेत्रीले नगरपालिकामा पहिले दुई युनियनहरू सञ्चालनमा रहेको तर अहिले ती दुवै एकीकृत भएको बताए। उनले दार्जीलिङ्ग नगरपालिकामा दैनिक मजदुरी, भविष्य निधि (पिएफ), पेन्सन लगायत धेरै गम्भीर समस्या रहेको पनि जनाए। यति ठूला र धेरै समस्याहरूको समाधान कहाँ गएर खोज्ने? भन्दै छेत्रीले सङ्गठनका विभिन्न बैठकहरूमा यो विषयमा गहिरिएर छलफल गरिएको र निष्कर्षमा बिजीपीएम अध्यक्ष अनित थापाको नेतृत्वबाट मात्रै समाधान सम्भव देखिएको बताए। उनले भने, जसरी अनित थापाले अरूको गुनासो सुनेर समाधान निकाल्ने गर्छन्, उनी बाहेक अरू ठाउँमा हाम्रो समस्याको समाधान छैन भन्ने निष्कर्षमा पुग्यौं।
छेत्रीले हिजो मात्र थापासँग भेट भएको र उनले उनीहरूको समस्या सुनेको जानकारी दिए। उनका अनुसार थापाले समस्याको समाधान तुरुन्तै नहुने, समय लाग्ने तर पक्कै समाधान हुनेछ भन्ने व्यावहारिक र सकारात्मक सुझाव दिएका छ। उनले ढाँटेर कुनै आश्वासन दिएनन्  उनले बने, ‘म जहाँ कर्मचारीहरुको समस्या लगेर जान्छु, त्यहाँ समस्याको पक्का समाधान निस्कनेछ’, छेत्रीले थापाका कुरा उद्धृत गरे।
यही विश्वास र आशाको आधारमा नै सङ्गठनले बिजीपीएम-सँग भातृत्व सम्बन्ध जोड्ने निर्णय गरेको छेत्रीले जनाए। उनले भने, हामीलाई धेरै आशा लागेको छ अनि अनित दाज्यू माथि विश्वास गरेर आज देखि सङ्गठन बिजीपीएमको भातृ सङ्गठन बनेको छ।यस सम्बन्धमा बिजीपीएम अध्यक्ष अनित थापाले पनि दार्जीलिङ नगरपालिका कर्मचारी सङ्गठनलाई पार्टीमा स्वागत जनाए।

Share this news
आजको रोजाइ
दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

दिगो कृषि प्रवर्द्धन गर्न याक्तेन जीपीकेमा खेत बचाओ अभियान सुरु

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

आजको रोजाइ