शिवानन्द छेत्रीलाई सिक्किम विश्‍वविद्यालयबाट पीएचडी उपाधि

Share this news

सोनादा,14 जुलाई(निसं): दार्जीलिङ जिल्लाको लागि एक अर्को उल्लेखनीय शैक्षिक उपलब्धि हासिल भएको छ। ओक्स रोज ब्याङ्क निवासी रामबहादुर छेत्री र गीताञ्जली प्रधानका सुपुत्र डा. शिवानन्द छेत्रीलाई सिक्किम विश्‍वविद्यालयले डाक्टर अफ् फिलोसफी (पीएचडी) को उपाधि प्रदान गरेको छ। रसायनशास्त्र विभाग, सिक्किम विश्‍वविद्यालयका प्राध्यपक डा. आनन्द परियारको मार्गदर्शनमा तिनले आफ्नो शोध कार्य पुरा गरेका हुन्। उनको शोधपत्रको शीर्षक अण्डरस्याण्डिङ स्टक्चर एक्टिभिटी रिलेशनशीप ईन फस्ट ट्रान्सिसन मेटल कम्पाउण्डस क्याटालाइज्ड रिएक्शन रहेको थियो। छेत्रीको अनुसन्धानले परमाणु संरचना र उत्प्रेरक कार्य क्षमताबीचको जटिल सम्बन्धमा गहिरो अध्ययन गरेको छ, जसमा पहिलो पङ्क्तिका ट्रान्जिसन मेटल कम्प्लेक्सहरू, मेटल अक्साइडहरूको सतह प्रतिक्रियाशीलता, क्वान्टिटेटिभ स्ट्रक्चर एक्टिभिटी रिलेसनसीप र कोबाल्ट आधारित मेटल-अर्गानिक फ्रेमवर्क्सको आयाम-प्रेरित प्रतिक्रियाशीलतामा केन्द्रित छ। डा. छेत्रीको यो उपलब्धिसँगै, दार्जीलिङले आधारभूत विज्ञान र व्यावहारिक अनुप्रयोगहरू जोड्ने अर्को विद्वान प्राप्त गरेको छ। डा. छेत्रीको सफलताले क्षेत्रका महत्वाकांक्षी अनुसन्धानकर्ताहरूलाई प्रेरणा प्रदान गरेको छ, जसले अनुशासित अध्ययन, समर्पण र उपेक्षित वैज्ञानिक क्षेत्रहरूको अन्वेषणको प्रभावलाई जोर दिन्छ। आफ्नो अध्ययनको क्रममा डा. छेत्रीले प्रमुख अन्तर्राष्ट्रिय जर्नलहरूमा धेरै उच्च प्रभावकारी शोधपत्रहरू प्रकाशित गरेकाछन्, जसले उनको निष्कर्षहरूलाई व्यापक वैज्ञानिक समुदायमा प्रसारित गरेको छ। उनले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरूमा सक्रिय रूपमा भाग लिएका छन्। जहाँ उनको प्रस्तुतिहरूले उत्कृष्ट पोस्टर र उत्कृष्ट वक्ताको पुरस्कारहरू प्राप्त गरे। तिनले आफूले अध्ययन गरेका विद्यालय अनि कलेजहरू दार्जीलिङको बेथानी स्कूल, सेन्ट जोसेफ स्कूल, सेन्ट जोसेफ कलेज, र सिक्किम विश्‍वविद्यालयप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। जसले तिनको शैक्षिक आधार बलियो बनाएको थियो। तिनले आफ्ना साथीहरू, परिवार र माया गर्ने, तिनका शुभचिन्तकहरू सबैप्रति आभार प्रकट गरेका छन्, जुन तिनको यात्राको आधारशिला बनेका छन्। यस विशेष अवसरमा प्रोजेक्ट लाइफका सञ्चालक विक्रम थापाले डा. क्षेत्रीलाई शुभकामना दिँदै भनेका छन्, दार्जीलिङका युवाहरूले ठूला सपना देख्न सक्छन् भन्ने प्रमाण डा. शिवानन्द छेत्रीले दिएका छन्। उनको शैक्षिक सफलताले हाम्रो पहाड़लाई गर्वित बनाएको छ। उनले विज्ञानको क्षेत्रमा पुर्‍याएको योगदानले भविष्यका अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई प्रेरणा दिनेछ।

Share this news
आजको रोजाइ
मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

आजको रोजाइ