शिक्षक संगठनद्वारा एसआई अनि एआई-लाई विदाई

Share this news

पेशोक, 14 जुलाई (निसं): रंगली-रंगलीयट सर्कल अधिनस्थ रहेका हिल तराई प्राथमिक शिक्षक संगठनद्वारा आरआर सर्कल ईन्सपेकटर स्कूल-का लेजिना ठकुरी अनि एआई दिछेन वाईबालाई एक कार्यक्रमवीच विदाई दिइयो। पेशोक चियाबारीको गुम्बा डाँडामास्थित एक कटेज-मा आयोजित कार्यक्रममा सम्पन्न उक्त विदाई कार्यक्रम अवधि उपस्थित कार्यक्रमका मुख्य अतिथि एआई तृषा लामा रहेका थिए। शिक्षक शरद राईले संचालन गरिएको कार्यक्रममा संगठनका सभापति राजेध थापा, सचिव दीपेन्द्र राई अनि पाठ्शाला बोर्ड्का सदस्य श्याम योञ्जन लगायत सर्कल भित्रका पाठ्शालाहरुलाई प्रतिनिधित्व गरेर आएका प्रधान शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको कार्यक्रममा विशेष विदायी एस आई लेजिना ठकुरी अनि एआई दिछेन वाईबालाई संगठनको तर्फ बाट स्मरण स्वरुप खदा, अंग वस्त्र अनि सम्मान-पत्रद्वारा सम्मान जनाइयो भने पेशोक चियाबारीको स्मरण ताजा बनाउन हेतु चियापत्तीको प्याकेट पनि प्रदान गरियो।गत 2021 सालको 9 फरवरीको दिन एसआई स्कूलको पदमा आएकी लेजिना ठकुरी अनि एक अक्टोबर 2017 मा एआई बनेर आएकी दिछेन वाईबाले आरआर सर्कल क्षेत्रमा शैक्षिक क्षेत्रमा धेरै कार्य गरेका थिए भने विद्यालय अनि बिभाग संग राम्रो तालमेल राखेर कार्य गरिएको बताउदै संगठन द्वारा सम्मान स्वरुप विदाई कार्यक्रम आयोजना गरेर सम्मान स्वरुप विदाई दिइएको आयोजक समिति हिल तराई प्राथमिक शिक्षक संगठन रंगली रंगलीयट खण्डका सचिव दिपेन्द्र राईले जनाएका छन् ।आफ्नो विदाई  सम्बोधनमा आफुले गरेका कार्यहरुमा आफुले राम्रो गरेको आभाष संगै स्थान्तरणको खबरले आफू दुखी भए तापनि जहाँ गए नि राम्रो तालमेल संग कार्य गर्ने विदायी एस आई ठकुरीले बताइन् भने नयाँ नियुक्ति भएर आएका एसआई रमन दासले आफूले कार्यभार सम्भालेको दुई महिना भए तापनि यहाँको वातावरण संगै संगठन ,शिक्षक,शिक्षिकाहरु धेरै शिष्टचारी एवं अनुशासित रहेको बताए।
 विदाई कार्यक्रमलाई अन्य अतिथिहरिले पनि सम्बोधन गरे । आरआर सर्कलबाट विदाई भए तापनि उनीहरु अन्यत्र कतै सरुवा बनेको कार्यक्रम संचालक शिक्षक शरद राईले बताउदै आर आर खण्ड्का हिल तराई प्राथमिक शिक्षक संगठनले उनीहरुको सुस्वास्थ्य एवं दिर्घायुको कामना गरिरहने प्रतिबद्धतालाई दोहोर्‍याए। दोस्रो चरणको कार्यक्रममा शिक्षक शिक्षिकावर्गको लागि मनोरञ्जनात्मक कार्यक्रममा गीतहरु गाएर रमाईलो गरियो।

Share this news
आजको रोजाइ
शिवानन्द छेत्रीलाई सिक्किम विश्‍वविद्यालयबाट पीएचडी उपाधि

शिवानन्द छेत्रीलाई सिक्किम विश्‍वविद्यालयबाट पीएचडी उपाधि

बालिका दुष्कर्मको विरोधमा लङ्भ्यू परिवर्तन मुभमेण्टद्वारा गाड़ीधुरामा कार्यक्रम

बालिका दुष्कर्मको विरोधमा लङ्भ्यू परिवर्तन मुभमेण्टद्वारा गाड़ीधुरामा कार्यक्रम

खरसाङ ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

खरसाङ ट्राफिक पुलिसको आयोजनामा सेफ ड्राइभ सेभ लाइफ अन्तर्गत सचेतना कार्यक्रम सम्पन्न

चिया बगानको 30 प्रतिशत जमिन विषयमा खरसाङमा नागरिक कन्भेन्सन सम्पन्न

चिया बगानको 30 प्रतिशत जमिन विषयमा खरसाङमा नागरिक कन्भेन्सन सम्पन्न

तथि अनुसार साउनको पहिलो सोमवार भक्तजनले शिव लिङ्गमा जल चड़ाए

तथि अनुसार साउनको पहिलो सोमवार भक्तजनले शिव लिङ्गमा जल चड़ाए

खरसाङ सुपर लीग 2025 को सोमवारको खेल मकैबारीले जित्यो

खरसाङ सुपर लीग 2025 को सोमवारको खेल मकैबारीले जित्यो

रुफटप क्यारियर-मा छुट दिनपर्ने

रुफटप क्यारियर-मा छुट दिनपर्ने

लेखिका मञ्जु तामाङ दम्पतिप्रति कृतज्ञता ज्ञापन

लेखिका मञ्जु तामाङ दम्पतिप्रति कृतज्ञता ज्ञापन

लाली गुराँस ग्राम सु.स.द्वारा भानु जयन्ती पालन

लाली गुराँस ग्राम सु.स.द्वारा भानु जयन्ती पालन