शहरको कतिपय ठाउँमा दोकान-पाट पुन: बाटो ओगेटेर

Share this news

खरसाङ, 13 जुलाई (निसं): खरसाङ नगरपालिका क्षेत्रको विभिन्न बाटोमा पुनः दोकान-पाट लगाउने कार्य भइरहेको छ। कतिपय स्थानमा बाटो छेकेर दोकान-पाट बढ़ाउने कार्य विस्तारै बढ़िरहेको पनि पाइएको छ, जसले गर्दा बाटोमा हिँड्ने मानिसहरूलाई असुविधा भइरहेको छ भनी गुनासो प्राप्त भएको छ। यो समस्याको बारेमा पत्रकारहरूसित बोल्दै स्थानीय कतिपय मानिसहरूले बताए अनुसार, खरसाङ शहर क्षेत्रको कतिपय ठाउँहरूमा विगत झैं फेरि पनि दोकान-पाट बाटो, सड़क किनार र गल्लीहरूमा बढ़िरहेको छ। जसले गर्दा शहरमा विभिन्न काम लिएर आउने मानिसहरूलाई समस्या भएको छ। त्यति मात्र होइन, शहरका प्रमुख मार्गहरूसित संग्लन बाटोहरूमा पनि जुन प्रकारले दोकान लगाउने वा बढ़ाउने कार्य भइरहेको छ, यस्ता कार्यले गर्दा असुविधा मात्र होइन दुघर्टना हुने सम्भावना पनि बढ़ेर गएको छ । साँघुरो बाटोमा हत्तारको बेलामा आउ-जाउ गर्दा बजारको कतिपय ठाउँमा विगत झैं बाटो पार गर्नलाई पर्खना पर्ने स्थिति सृजना भएको छ। बाटोमा दोकान थाप्नेहरूले बाटो नै नओगोटेर जनमानसको असुविधालाई पनि ध्यान राख्नु आवश्यक छ। सम्बन्धित निकायले यस विषयमा सठीक पाईला चाल्न आवश्यक रहेको छ भनी कतिपय मानिसहरू बताएका छन्‌‍। अर्को तर्फ उक्त विषयमा कतिपय फुटपाथमा वा सड़क किनारमा पसल थाप्ने व्यक्तिहरूले बताए अनुसार, गत वर्ष खरसाङ नगरपालिकाद्वारा तिनीहरूलाई फुटपाथ, सड़क किनार, बाटो किनार, गल्लीहरूबाट हटाउने कार्य भएको थियो । लगभग दुई महिना जति तिनीहरूले दोकान थापेनन्‌‍, जसले गर्दा धेरै समस्या भोग्नु परेको थियो । तिनीहरूले भने, हाम्रो रोजीरोटी नै यही हो, यही काम गरेर हामी बुढ़ो भइसकेका छौँ। यस बेला हामी अरु काम पनि गर्न सक्दैनौँ, बाहिर गएर काम पनि गर्न सक्तैनौँ। हामी बाँच्नै पर्छ, परिवार पाल्नै पर्छ। तिनीहरूले बताए अनुसार नगरपालिकाले तिनीहरूलाई हटाएको समय त्यस खरसाङ्को हाट बजारमा दोकान बनाएर दिने भनी आश्वासन खरसाङ नगरपालिका र जीटीएको पक्षबाट दिइएको थियो, यहाँसम्म कि दोकान निर्माणको निम्ति भूमि पूजा पनि भव्यताको साथमा सम्पन्न गरिएको थियो तर अहिलेसम्म दोकानको निम्ति भवन निर्माण गर्ने कार्य शुरू भएको छैन। यस्तो परिस्थितिमा आफ्नो घर र जिवीका चलाउन तिनीहरू यसरी बाटो किनार, सड़क किनार, गल्ली र फुटपाथमा बस्न बाध्य भएका छन्‌‍। एकजना फुटपाथ पसलेले बाटो हिँड्ने मानिसहरूलाई कुनै प्रकारको सुविधा नहोस्‌‍ भनेर धेरै सानो ठाउँमा दोकान थापेर आफ्नो जीवन धान्ने प्रयास गरिरहेको बताए। तिनीहरूले गरिरहेको बताए । उक्त विषयमा खरसाङ नगरपालिकाको पक्षबाट प्रतिक्रिया माग्दा कुनै प्रतिक्रिया पाईएन।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ