लोवर चुङथुङ विद्यालयलाई उच्चतर माध्यमिकको मान्यता

Share this news

चुङथुङ, 12 जुलाई (निसं): लोवर चुङथुङ उच्च माध्यमिक विद्यालयले यस वर्षदेखि औपचारिक रूपमा उच्चतर माध्यमिक विद्यालयको मान्यता प्राप्त गरेको विद्यालयका प्रधानाध्यापक राम तामाङले जानकारी गराए।
प्रधानाध्यापक तामाङले बताए अनुसार, शिक्षा मन्त्रालयबाट हालै प्राप्त अनुमति-पत्र प्राप्त भएको छ, जसमा विद्यालयमा शुक्रबारदेखि नै कक्षा एघारौंको भर्ना रजिस्ट्रेसन पनि भई सकेको उनले जनाए भने विद्यालयले कला बिषयमा, नेपाली , अंग्रेजी, भूगोल, इतिहास, सोसियोलजी, राजनिती, अर्थ शास्त्र, एजुकेशन विषयको पठन पाठन गरिने पनि  जानकारी  दिए।
स्थानीय अभिभावकहरूको लामो समयदेखि रहेको माग शिक्षक–शिक्षिकाको समर्पण, विद्यार्थीको मेहनत, तथा विद्यालय व्यवस्थापन समितिको पहलले आज यो उपलब्धि सम्भव भएको उनले अवगत गराए। स्थानीय तह, शिक्षा विकास तथा समन्वय एकाई र अभिभावकहरूले यो उपलब्धिलाई ठूलो सफलता र अवसरको रूपमा लिएका छन् भने अब विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि टाढा जानु नपर्ने भएकोले स्थानीय मानिसहरूमा खुसीको वातावरण छाएको प्रधानाध्यापक तामाङले बताए।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न