लोवर साम्सुमा बाल विकास भवनको शिलान्यास 

Share this news

रेलिङ, 12 जुलाई (निसं): नलोवर साम्सुमा श्री सत्य साई बाल विकास भवनको शिलान्यास गरियो।
जीटीए अध्यक्ष  अनित थापाको गत रेलिङ भ्रमणमा आउँदा लोवर साम्सुमा बाल विकास भवन निर्माण गरिदिने बचन दिएका थिए भने उनले आफ्नो बचन आज पूरा गरेका छन् भनी सभासद सतिश पोख्रेलले बताए। यसै क्रममा क्षेत्रीय सभासद सतिश पोखरेलको उपस्थितिमा भुमि पूजा गरेर पोखरेलको बहुलीबाट विधिवत रूपमा श्री सत्य साई बाल विकास भवनको शिलान्यास गरियो।
जीटीए कार्यकारी सभसाद सतिश पोखरेलले कार्यक्रममा आफ्नो सम्बोधनमा राख्दै भने, कुनै पनि धर्मले राम्रो बाटोतिर दोहोर्‍याउछ, नराम्रो बाटोतिर कहिले दोहोर्‍याउदैन। उनले अघि भने, यहाँ अब बाल विकास भवन निर्माण हुँदैछ, मलाई धेरै खुशी लाग्यो, नानीहरू सानोमा राम्रोसँग विकास भयो भनी ठूलो भएर पनि राम्रो हुनेछ भनी पोखरेलले बताएका छन।
उक्त बाल विकास भवन बनाउने जिम्मा ठेगादार मदन चाैहानले पाँएका छन भने समितिको पक्षमा डा.कमल पोखरेलले जीटीए अध्यक्ष अनित थापा अनि क्षेत्रीय सभासद सतिश पोखरेलप्रति आभार प्रकट गरेका छन्।
कार्यक्रममा सभासद सतिश पोखरेलबाहेक रेलिङ ग्राम पञ्चायतका उपप्रधान एनडी राई, वार्ड सदस्या पूर्णिमा तामाङ, बिनिता राई साथै भागोप्रमो रेलिङ कैजले समष्टि पद्अधिकारीगण उपस्थित थिए। यसरी नै कार्यक्रममा रेलिङ श्री सत्य साई सेवा समितिका संयोजक भगीराम राई लगायतका  समिति,  मण्डली तथा केन्द्रका प्रतिनिधिगण साथै गाउँले मानिसहरूको विशेष उपस्थिति रहेको थियोे ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ