खरसाङमा खेल मैदानको अभाव पुरा हुने कुरोमा आशावादी संघहरू

Share this news

खरसाङ, 11 जुलाई (निसं): खरसाङमा खेल मैदानको अभाव अहिलेसम्म पुरा हुन सकेको छैन। खरसाङका खेलकुद संघहरूले वर्षभर विभिन्न खेलकुदका कार्यक्रमहरू साथै फुटबल खेलको आयोजना गर्ने गरेका छन्। आयोजना गरिएका यी खेलहरूको निम्ति खेल मैदान खोज्न पर्ने अवस्था संघहरूलाई छ। विशेष फुटबल टुर्नामेन्टको आयोजना गरेपछि उक्त टुर्नामेन्ट कहाँ आयोजना गर्न पर्ने भन्ने विषयमा खेलकुद संघका प्रतिनिधिहरूको टाउको दुखाइ बन्ने गरेको संघका कतिपय प्रतिनिधिहरू बताउछन्। खरसाङको पुरानो खेल मैदान चानबारी खेल मैदान वर्तमानमा सेनाको अधिनमा रहेको छ। यस खेल मैदान सेनाको अधिनमा रहेकोले यहाँ सेनाको एउटा क्याम्प रहेको छ। यस खेल मैदानमा कुनै खेलकुदको कार्यक्रम आयोजना गर्न परेको खण्डमा जलपहाड़बाट अनुमति प्राप्त गर्न पर्ने हुन्छ। संघहरूले कुनै कुनै समय खेल मैदान प्रयोगको निम्ति अनुमति प्राप्त गर्नलाई निकै मेहनत गर्न परेको बताएका छन्। खरसाङको मन्टभियट खेल मैदानमा सानो खेल मैदान हो, यहाँ 11 खेलाड़ी दलको निम्ति फुटबल खेलाउन सकिन्दैन। यसो हुँदा खेलकुद संघ प्रतिनिधिहरू कुनै समय भिक्टोरिया खेल बोईज स्कूलको खेल मैदानको निम्ति अनुमति माग्न पुग्ने गरेका छन् भने कुनै समय गोथल्स मेमोरियल स्कूलको खेल मैदानको निम्ति अनुमति माग्न पुग्ने गर्छन्। यी स्कूलका खेल मैदान प्रयोग गर्दा विविध सर्तहरूको पालन गर्न पर्ने आवश्यकता रहेको पनि संघका प्रतिनिधिहरू बताउछन्। खरसाङमा खेल मैदानको अभव रहेको र एउटा खेल मैदान आवश्यक रहेकोले यसको माग भएको धेरै वर्ष अघिदेखिको हो। खरसाङमा खेल मैदान निर्माणको निम्ति पूर्व जीटीए काल अनि वर्तमान जीटीए कालमा पनि प्रयासहरू देखिएका थिए। कुनै समय आकाशवाणी खरसाङ मुनिको क्यासलटन चिया बगानको जग्गा हेर्ने कार्य गरियो भने कुनै समय चानबारी खेल मैदान मुनिको सेरीकल्चरको जग्गा निरीक्षण गर्ने कार्य भयो। तर अहिलेसम्म खेल मैदान निर्माणको निम्ति कुनै शुरुवाती कार्यसम्म देखिएको छैन। खरसाङमा खेलकुदको कार्यक्रमहरूलाई अघि बढ़ाउन अनि किशोर अनि युवाहरूलाई खेलकुदमा सहभागी बनाउनको निम्ति एउटा राम्रो खेल मैदानको अति आवश्यक रहेको धेरैको मत छ। यस दिशामा जीटीए अनि राज्य सरकारले विचार गर्न पर्ने आवश्यकता देखिएको छ। विगतको समयमा खरसाङ महकुमा खेलकुद संघ, खरसाङ फुटबल एसोसिएशन अनि अन्य संघ-संस्थाहरूले खेल मैदान निर्माणको निम्ति धेरै प्रयास गरेका थिए। वर्तमानमा त्यस्तो प्रयास देखिएको छैन। यस विषयमा खरसाङ महकुमा खेलकुद संघका उपाध्यक्ष फूर्बा घिसिङले भने, खरसाङमा खेल मैदान निर्माणको निम्ति चानबारी मुनिको सेरीकल्टरको जग्गा पक्कापक्की भइसकेको छ। यहाँ खेल मैदान निर्माण गर्नलाई कार्य आरम्भ गर्न भनी खरसाङ महकुमा शासकलाई पत्र प्राप्त भएको हामीलाई जानकारी आएको छ। यो जग्गामा खेल मैदान निर्माणको निम्ति चाँड़ै कार्य आरम्भ हुन विषयमा हामी आशावादी छौँ। घिसिङले खरसाङ निर्माण हुन लागेको खेल मैदानको निम्ति जीटीएका मुख्य कार्यपाल अनित थापालाई श्रेय जाने बताउदै तिनकै सक्रिय पहलमा यो कार्य सफल बनेको हो भनी बताए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ