गाई पालकहरूको संख्या घट्ने क्रम जारी

Share this news

खरसाङ, 10 जुलाई (निसं)ः खरसाङ वरिपरिका गाउँ-बस्तीमा गाई पालकहरूको संख्यामा चिन्ताजनक कमी आएको छ र यो संख्या घट्ने क्रम जारी रहेको थाहा लागेको छ। अघिको समयमा खरसाङ शहरमा दुध ल्याएर बिक्री गरिने गाउँहरूमा अहिले ट्रेटा प्याक र पाउचको दुध खपत भइरहेको थाहा लागेको छ। मकैबारी अनि लङ्भ्यू चिया बगानको माझमा रहेको सातघुम्ती बस्तीका कृषकहरू अघिको समयमा गाई पालनमा निर्भर थिए। यहाँको प्रत्येक परिवारले गाई पालन गर्ने गर्थ्यो, वर्तमानमा यस बस्तीमा गाई पालक कृषकको संख्यामा धेरै कमी आएको छ। अहिले यस बस्तीमा चार घर-परिवारले मात्र गाई पालन गरिरहेको त्यो पनि अघिको तुलनामा धेरै कम संख्यामा पालिरहेको पाइएको छ। अघिको समयमा यस बस्तीमा चार जना ग्वाला थिए। ती ग्वालाहरूले खरसाङ शहर, पंखाबारी बजारमा गाईको दुध बिक्री गर्ने गरेका थिए। वर्तमानमा यस बस्तीका अधिकांश मानिसहरूले ट्रेटा प्याक अनि पाउचको दुध प्रयोग गरिरहेका छन्। मकैबारी चिया बगानको कैलापानी गाउँमा पनि गाई पालकहरूको संख्यामा चिन्ताजनक कमी आएको पाइएको छ। अघिको समयमा प्रत्येक परिवारले एउटा-दुईवटा देखि लिएर 7-8 वटासम्म गाई पाल्ने गरेको पाइन्छ। वर्तमानमा यस गाउँका धेरै मानिसहरूले गाई पालन गर्न छोड़ेका छन्। यस गाउँमा अहिले पाँच घर-परिवार जतिले मात्र गाई पालन गरिरहेको थाहा लागेको छ। यस गाउँमा वर्तमानमा धार्मिक अनुष्ठान, पूजा-पाठ गर्न परेको खण्डमा गाईको गउँत र दुधको निम्ति तीन-चार दिन अघिदेखि जोहो गर्न पर्ने अवस्था रहेको त्यहाँका मानिसहरूले बताएका छन्। यसै गरी खरसाङको रोहिणी, सिरुबारी, गिद्धे पहाड़, बरबुङ, घुम्ती, जंगपाना अदि अघिको समयमा धेरै संख्यामा गाई पालन गरिने गाउँ-बस्तीहरूमा वर्तमानमा गाई पालकहरूको संख्यामा चिन्ता जनक कमी आएको थाहा लागेको छ। अम्बटे चिया बगानका एक वरिष्ट व्यक्तिले बताए अनुसार उक्त चिया बगानबाट अघिको समयमा हिमूलमा एक गाड़ी दुध लगिन्थ्यो। टाउके नामले परिचित एक व्यक्तिले दुध हिमूलमा दुध लैजाने काम गर्थे। वर्तमानमा यस चिया बगानमा बजारबाट विभिन्न कम्पनीको दुध लगेर बिक्री गरिन्छ। यसरी गाई पालनबाट गाउँ-बस्तीका मानिसहरू विमुख हुनुमा परिश्रम गरेको अनुसार कमाई नभएर हो भन्ने धेरैको मत पाइएको छ भने कतिपय परिवारका छोरा-छोरीहरू राम्रो कमाई गर्ने भएपछि गाई पालन गर्न छोड़िएको पनि पाइएको छ। गाई पालन गर्न छोड़ेपछि गाउँ-बस्तीमा अदुवा, अम्लिसो, साग-सब्जी, फल-फूलको खेतीमा पनि धेरै कमी आएको पाइन्छ। खेतीको निम्ति गाईको मल अति उपयुक्त रहने गर्छ, गाई पालन गर्न छोड़ेपछि मलको अभावमा खेती-पाती गर्न छोड़िएकोले गाउँ-बस्तीका बारीहरू बाँझो बन्दै गएको पाइएको छ। वर्तमानमा दुधको मूल्य राम्रो छ, दुधबाट बनिने विभिन्न सामग्रीको निम्ति दुधको व्यापक माग पनि छ। यो मागलाई पुरा गर्नको निम्ति अनि ग्रामीण क्षेत्रमा रोजगारको अवसर बढ़ाउनको निम्ति गाई पालनमा गाउँ-बस्तीका मानिसहरूलाई प्रोत्साहित गर्न पर्ने अति आवश्यक देखिएको छ।

????????????

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ