भारत बन्दको प्रभाव खरसाङमा परेन

Share this news

खरसाङ, 9 जुलाई (निसं)ः खरसाङमा भारत बन्दको कुनै असर परेन। खरसाङमा सधैँ झैँ यान-वाहनको चलाचल यथावत रह्यो, दोकान-पाट, व्यपारिक प्रतिष्ठान, सरकारी-गैरसरकारी कार्यालय, ब्याङ्क, शैक्षिक संस्थानहरू सबै खुल्ला रह्यो। शहरमा मानिसहरूको चहल-पहल पनि साधैँ झैँ सामन्य रह्यो। खरसाङ भएर सिलगढ़ी जाने गाड़ीहरू पनि गाइरहेका थिए भने सिलगढ़ीबाट आउने गाड़ीहरू पनि सधैँ झैँ आइरहेका थिए। तथापि सिलगढ़ी जाने अनि सिलगढ़ीबाट आउने गाड़ीको संख्यामा भने सधैँको तुलनामा कमी देखियो। भारत बन्दको कारण सिलगढ़ी बन्द रहेको र सिलगढ़ी संलग्न कतिपय स्थानमा तनाउको स्थिति रहेको सुनेर खरसाङका धेरै मानिसहरू आवश्यक काम रहेको भए तापनि सिलगढ़ी झरेनन्। खरसाङ-सिलगढ़ी गाड़ी चलाउने अनइम्प्लोइड संगठनको सेण्डिकेटका सदस्यहरूसित यस बारेमा जान्न चाहादा तिनीहरूले सेण्डिकेटबाट सिलगढ़ी गाड़ी गइरहेको र सिलगढ़ीबाट पनि खरसाङ गाड़ी आइरहेको भए तापनि सधैँको तुलनामा धेरै कम गाड़ी चलेको बताए। तिनीहरूले खरसाङबाट सिलगढ़ीको सेण्डिकेटसम्म नै गाड़ी चलिरहेको र सिलगढ़ीको सेण्डिकेटबाट पनि गाड़ी खरसाङ आइरहेको भए तापनि यात्रीहरूको संख्यामा कमी रहेकोले गाड़ी थोरै चलेको हो भनी बताए। खरसाङबाट सिलगढ़ी पुगेर फर्किएका चालकहरूले सिलगढ़ीमा दोकान-पाट सबै बन्द रहे तापनि यान-वाहनको चलाचल सामन्य रहेको तथापि अघिका दिनहरूको तुलनामा चलाचलमा कमी पाइएको बताए। बुधवार सिलगढ़ीका दोकान-पाट, व्यापारिक प्रतिष्ठानहरू बन्द रहेकाले सिलगढ़ीबाट मानिसहरू निजी वाहन, मोटर बाईक, स्कुटीमा खरसाङ घुम्न आएका पनि देखिए। खरसाङमा समय-समयमा वर्षा भएको भए तापनि यसरी सिलगढ़ीबाट मोटर बाईक, स्कुटीमा आएकाहरू रेनकोट लगाएर भए पनि यहाँको पर्यटन स्थलहरूमा पुगेका थिए। सिलगढ़ीबाट यसरी खरसाङ घुम्न आएका कतिपय बाईक-स्कुटी सवारहरूले अज्ञानतावस बाटो नचिनेर वन्-वेको उल्लंघन गरेकोमा ट्राफिक पुलिस अनि सिभाक भोलिन्टियरहरूबाट जरिमाना खप्न परेको घटनाहरू पनि देखियो।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ