कैजेलेमा एक दिने निःशुल्क आँखा जाँच शिविर

Share this news

बिजनबारी, 8 जुलाई(निसं): आँखाका रोगीहरुलाई जरैदेखि निर्मुल पार्ने प्रमुख उदेश्यको साथमा राज्य सरकारद्वारा संचालित महत्वाकांक्षी परियोजना अन्तर्गत राज्यभरका विभिन्न ग्राम पञ्चायत कार्यलयहरुमा हाल नि:शुल्क आँखा जाँच शिविरको आयोजना भईरहेको छ। यसै क्रममा गत बिहीबार खण्ड स्वास्थ्य विभाग अनि बिजनबारी  ग्रामीण अस्पतालको सहकार्यमा  कैजेले ग्राम पञ्चायत कार्यलयमा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न गर्‍यो। बंगाल सरकारको दृष्टीहिन मुक्त गाउँ बनाउने उद्देश्यले सुरु गरिएको योजना अन्तर्गत आयोजित उक्त निःशुल्क शिविरमा 145 जना आँखा रोगीहरुले निःशुल्क आँखा जाँच गराएका थिए भने 27 जनालाई थप उपचारसगै अप्रेसन-को निम्ती आवस्यक अस्पतालहरुमा रेफर गरिएको छ। बिमारीहरुको सम्पुर्ण अस्पताल खर्च निःशुल्क रूपमा गरिने भएको ग्राम पञ्चायत प्रधान प्रमिला लामाले जानकारी गराइन् । शिविरमा जिल्ला अस्पताल दार्जीलिङ अनि बिजनबारी ग्रामीण अस्पतालको विशेषज्ञ डाक्टरहरुको साथमा स्थानीय  आशा, आइसिडिएस अनि स्वस्थ्य कर्मचारी (एएनएम) एएनएम ,लगायत ग्राम पञ्चायत कार्यालयको सम्पूर्ण कर्मचारीहरु सगै सम्पुर्ण वार्ड सदस्यहरु मुख्य उपस्थिति रहेको थियो।
यसका साथै शिविर सफतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई ग्राम पञ्चायत प्रधान प्रमिला लामाले आभार प्रकट गरेकी छिन् भने यस महत्वाकांक्षी परियोजनाले साच्चै राज्यसगै आफ्नो ग्रामबाट आँखाका रोगीहरु निर्मुल हुनेमा बिश्वास व्यक्त गरिन।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ