कैजेलेमा एक दिने निःशुल्क आँखा जाँच शिविर

Share this news

बिजनबारी, 8 जुलाई(निसं): आँखाका रोगीहरुलाई जरैदेखि निर्मुल पार्ने प्रमुख उदेश्यको साथमा राज्य सरकारद्वारा संचालित महत्वाकांक्षी परियोजना अन्तर्गत राज्यभरका विभिन्न ग्राम पञ्चायत कार्यलयहरुमा हाल नि:शुल्क आँखा जाँच शिविरको आयोजना भईरहेको छ। यसै क्रममा गत बिहीबार खण्ड स्वास्थ्य विभाग अनि बिजनबारी  ग्रामीण अस्पतालको सहकार्यमा  कैजेले ग्राम पञ्चायत कार्यलयमा एक दिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न गर्‍यो। बंगाल सरकारको दृष्टीहिन मुक्त गाउँ बनाउने उद्देश्यले सुरु गरिएको योजना अन्तर्गत आयोजित उक्त निःशुल्क शिविरमा 145 जना आँखा रोगीहरुले निःशुल्क आँखा जाँच गराएका थिए भने 27 जनालाई थप उपचारसगै अप्रेसन-को निम्ती आवस्यक अस्पतालहरुमा रेफर गरिएको छ। बिमारीहरुको सम्पुर्ण अस्पताल खर्च निःशुल्क रूपमा गरिने भएको ग्राम पञ्चायत प्रधान प्रमिला लामाले जानकारी गराइन् । शिविरमा जिल्ला अस्पताल दार्जीलिङ अनि बिजनबारी ग्रामीण अस्पतालको विशेषज्ञ डाक्टरहरुको साथमा स्थानीय  आशा, आइसिडिएस अनि स्वस्थ्य कर्मचारी (एएनएम) एएनएम ,लगायत ग्राम पञ्चायत कार्यालयको सम्पूर्ण कर्मचारीहरु सगै सम्पुर्ण वार्ड सदस्यहरु मुख्य उपस्थिति रहेको थियो।
यसका साथै शिविर सफतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण सहयोगी हातहरुलाई ग्राम पञ्चायत प्रधान प्रमिला लामाले आभार प्रकट गरेकी छिन् भने यस महत्वाकांक्षी परियोजनाले साच्चै राज्यसगै आफ्नो ग्रामबाट आँखाका रोगीहरु निर्मुल हुनेमा बिश्वास व्यक्त गरिन।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न