आरकेएसपी-लाई जीटीए हेडमास्टर्स एसोसिएशन-द्वारा शुभकामना

Share this news

दार्जीलिङ, 8  जुलाई(निसं):आरकेएसपी विद्यालयलाई जीटीए हेडमास्टर्स एसोसिएशनको पक्षबाट अग्रिम शुभकामना दिइएको छ। फुटबल खेलमा सक्रियता देखाउदै
लगभग 25 वर्षपछि पुन दार्जीलिङ आरकेएसपी विद्यालयले चर्चित सुब्रतो कप 2025 को खिताब नजिक पुगेका छन् दार्जीलिङका चर्चित विद्यालय आरकेएसपी गत सन् 2000 सालमा विद्यालयका प्रधान अध्यापक स्व. वसन्त कुमार राईको कार्यकालमा सुब्रतो कपको च्याम्पियन बनेको थियो भने यसवर्ष आरकेएसपीले 25 वर्षपछि विद्यालयका प्रधान अध्यापक डा. मिलन तामाङको कार्यकाल तथा नेतृत्वमा पुन: एकपटक जिल्लामा च्याम्पियन बनेर कलकत्तामा हुने अन्डर सेभेन्टिनको खेलाडीहरूले फाईनल खेल खेल्ने कुरा एसोसिएशनको सभापति पीके राईले जनाएको छ। आगामी केही दिन भित्र दार्जीलिङ जिल्लालाई प्रतिनिधित्व गर्दै आरकेएसपी विद्यालयले कलकत्तामा उक्त च्याम्पियनसिप खेल खेल्ने भएकोमा जीटीए हेडमास्टर्स एसोसिएसनका सभापति राईले हर्ष व्यक्त गर्दै जितको निम्ति अग्रिम शुभकामना व्यक्त गरेका छन्। उनले सुब्रतो कप जस्तो चर्चित खेलको निम्ति आरकेएसपी विद्यालयले फाईनल खेल खेल्नु भनेको स्कूलको मात्र नभएर सम्पूर्ण पहाडकै निम्ति गर्वको क्षण हो भनी बताएका छन्। यसका साथै खेलमा सहभागी बन्नको निम्ति यातायात एवम् बस्ने व्यवस्था मिलाई दिइएकोमा जीटीएका प्रमुख कार्यपाल अनित थापालाई पनि जीटीए हेडमास्टर्स एसोसिएशनको पक्षबाट सभापति पीके राईले आभार व्यक्त गरेका छन्।

Share this news
आजको रोजाइ
आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

आजको रोजाइ