धेरै समयदेखि शीश महल पछिल्तिर थुप्रिएको फोहोर पुरानो समस्या

Share this news

खरसाङ , 7 जुलाई (निसं)ः खरसाङ बजारको वार्ड नम्बर 12 गड्डी लाईन नजिक शीश महल अनि कुमाई स्टुडियोको माझको जग्गामा धेरै समयदेखि फोहोर-मैला थुप्रिएर बसेको छ। यस स्थानमा धेरै समयदेखि विभिन्न प्रकारको फोहोर-मैलाका साथै प्लास्टिको बोतल, प्लास्टिकको थैला, पाउचहरू थुप्रिएर बसेकोले छ भने यहाँ थुप्रिएको फोहोर-मैला सफा गर्ने कार्य गरिएको अहिलेसम्म देखिएको छैन। यहाँको फोहोर-मैलाको बारेमा समचार पत्रमा खबर प्रकाशित भएपछि तत्कालिन वार्ड पार्षद पेम्बा जिम्बाले लगभग पाँच वर्ष अघि एक पल्ट यहाँको फोहोर-मैला सफा गर्ने कार्य गरेका थिए। त्यसपछि यहाँको फोहोर-मैला सफा गर्नको निम्ति कुनै कदम उठाइएको जानकारी छैन। यहाँको फोहोर-मैलाको कारण क्षेत्र दुर्गन्धित बनेको छ। यस स्थानमा कुमाई स्टुडियोको बल्डिङबाट फोहोर पानी बगेर आउने अनि शीश महलका मानिसहरूले पनि फोहोर पानी र फोहोर-मैला फाल्ने गरेकाले यो जग्गा फोहोरको दलदल र दुर्गन्धित बनेको छ। घाम लागेको समयमा यहाँको दुर्गन्ध हिमालय दर्पण कार्यालयका साथै वरिपरिको स्थानमा फैलिने गर्छ। कुमाई स्टुडियो अनि शीश महलको बीच भागमा रहेको यस स्थानलाई वरपरको बाटोबाट नदेखिने भएकोले यहाँ फोहोर-मैला थुप्रिएको बाटो हिँड़ने मानिसहरूले देख्दैनन् तथापि दुर्गन्ध भने थाहा पाउने गरेका छन्। यस स्थानमा जमा हुने फोहोर पानी र फोहोर-मैलामा डेङ्गु, मलेरिया जस्ता रोग फैलाउने लामखुट्टेको लार्भ हुर्कने पर्याप्त सम्भावना बनेको छ। यहाँको फोहोर-मैलाबाट निस्किएको दुर्गन्धको कारण मानिसहरूमा विभिन्न बिमारी फैलने सम्भावना पनि बनेको छ। यस जग्गाको फोहोर-मैला सफा गर्न अनि यहाँ फोहोर-मैला नफाल्नको निम्ति यहाँ बस्ने मानिसहरू अनि सम्बन्धित निकायहरूबाट कुनै पहल भएको देखिएको छैन। खरसाङमा गत बिहीवार प्लास्टिक मुक्त दिवस पालन गरिएको छ। प्लास्टिक मुक्त दिवस एउटा राम्रो पहल मानिलिन सकिन्छ। प्लास्टिक मुक्त दिवस पालन गरिनका साथै प्लास्टिकको जिनिस र थैलाहरूमाथि रोकथाम लगाउन सकिएको खण्डमा शहरमा फोहोर-मैला थुप्रिने क्रममा कमी अवश्यै आउनेछ अनि पर्यावरण प्रदुषण घटेर जानेछ। तर यसरी शहरको कुना-काप्चा, गल्ली-गलछेँड़ोहरूमा फालिएको फोहोर-मैला प्लास्टिकका थैला, बोतल, पाउचहरू सफा गर्न अति आवश्यक छ। यहाँ थुप्रिने अथवा फालिने फोहोर-मैला एउटा पुरानो समस्या भएकोले सम्बन्धित निकायले यस दिशामा कार्य गर्न आवश्यक छ। फोहोर-मैला, प्लास्टिकको बोतल, थैला, पाउच, विभिन्न जिनिसलाई यसरी नफालेर सही स्थानमा फाल्ने अथवा रिसाइकलको निम्ति पठाउने दायित्वलाई जनसाधरणले पनि बुझ्न पर्ने आवश्यक देखिएको छ।

Share this news
आजको रोजाइ
सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

मुख्यमन्त्री श्री शुभेन्दु अधिकारीप्रति सांसद, राजु बिष्टको आभार व्यक्त

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

आमा-शिक्षिकाको अन्तर्राष्ट्रिय स्ट्रेन्थ लिफ्टिङ यात्रा

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

आजको रोजाइ