खरसाङ सुपर लीग 2025 को तेस्रो दिनको खेलमा मकैबारी विजय

Share this news

खरसाङ, 7 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिएशन अनि जीटीएको युवा एवं खेल मामिला विभागको संयुक्त आयोजनामा सम्पन्न भइरहेको खरसाङ सुपर लीकको तेस्रो दिनको खेल सम्पन्न भएको छ। तेस्रो दिनको खेल च्याम्पियन डिभिजन अन्तर्गत मकैबारी युनाइटेड फुटबल क्लब अऩि त्रिशुली संघमाझ सम्पन्न भयो। यस खेलमा खेलको अवधिभर मकैबारी युनाइटेड क्लबको दबाव देखियो। विपक्षी दलको दबावको सामना गर्दै त्रिशुली संघका खेलाड़ीहरूले गोल गर्ने प्रयास गरे तापनि मकैबारी स्पोर्टिङ क्लबका खेलाड़ीहरूले ती सबै प्रयासहरू विफल बनाइदिए। यस प्रकार यो खेलमा मकैबारी युनाइटेड फुटबल क्लबले त्रिशुली सङ्घलाई शुन्यको विरुद्ध 6 गोलले परजित गर्‍यो। यस खेलमा मकैबारीका खेलाड़ी जर्सी नम्बर 15 अङ्कित तामाङले 1 गोल, जर्सी नम्बर 13 पेमा लामाले 1, जर्सी नम्बर 11 नेहाल खवासले 2 गोल, जर्सी नम्बर 4 एमोन राईले 1, जर्सी नम्बर 44 सुमिरन प्रधानले 1 गोल गरेका थिए। खरसाङ फुटबल एसोसिएशनका सचिव सुदीप राईले जानकारी दिए अनुसार यस खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू नितेश देवान, रेबिका प्रधान, मनीष थापाले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ