खरसाङका सेण्डिकेटहरूलाई लिएर सचेतना मूलक कार्यक्रम

Share this news

खरसाङ, 6 जुलाई (मोहन प्रसाद): खरसाङ ट्राफिक पुलिसद्वारा खरसाङ बजारबाट विभिन्न स्थानमा गाड़ी चलाउने सेण्डिकेटका प्रतिनिधिहरूलाई लिएर एउटा सचेतना मूलक कार्यक्रम सम्पन्न गरिएको छ। खरसाङस्थित एलएमबी होटलमा सम्पन्न उक्त सचेतना मूलक कार्यक्रम गत 1 जुलाई देखि 8 जुलाईसम्म राज्यव्यापी चलिरहेको ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत गरिएको हो । कार्यक्रममा खरसाङ ट्राफिक पुलिस प्रभारी एसआई वीरेन्द्र छेत्री सहित खरसाङ ट्राफिकका अन्य अधिकारीहरू साथै सिभिक भोलिन्टियर, दार्जीलिङ ट्रक ड्राइभर एसोसिएशन, धर्मशाला लाईन सिण्डिकेट अनि खरसाङ क्षेत्रको लगभग सबै सिण्डिकेटका प्रतिनिधि अनि सदस्यहरूको व्यापक उपस्थिति थियो । कार्यक्रममा खरसाङ ट्राफिक पुलिसका प्रभारी एसआई वीरेन्द्र छेत्री सहित अन्य अधिकारीहरूले पनि वक्तव्य राखेका थिए । यस बाहेक यातायात सिण्डिकेटका प्रतिनिधिहरूले पनि ट्राफिक नियम साथै नशालु पदार्थ सेवनको विरुद्धमा आयोजित उक्त सचेतना मूलक कार्यक्रममा वक्तव्य राखेका थिए। छेत्रीले जनाए अनुसार,जनहितमा एवं चालकहरूको हितमा सबैले खरसाङमा सुचारु रूपले ट्राफिक नियम पालन गर्नु पर्ने विषयमा जोर दिए। वीरेन्द्र छेत्रीले कार्यक्रममा सेण्डिकेटलाई अनुमति दिइएको जग्गामा आफ्नो गाड़ी पार्किङ गर्ने, चालकहरूले नशालु पदार्थ बोकेको कुनै सन्दिग्ध व्यक्तिलाई देखेको खण्डमा पुलिसलाई खबर गर्ने, गाड़ी चलाउदा नशालु पदार्थ अनि मादक पदार्थ सेवन गरेर नचलाउने सुझाउ दिँदै केवल पुलिसले मात्र यातायत व्यस्था र नशालु पदार्थको सेवन र बिक्रीमाथि रोक लगाउन सक्दैन। यसमा सबैको सहयोगको आवश्यकता रहन्छ भने। छेत्रीले खरसाङ शहरी क्षेत्रमा लोडिङ-अनलोडिङको समय बिहान 8 बजे अनि राति साढ़े सात बजे रहेको बताए। तिनले आपतकालिन लोडिङ-अनलोडिङको निम्ति ट्राफिक पुलिससित सम्पर्क गर्ने पनि सुझाउ कार्यक्रममा दिए।


Share this news
आजको रोजाइ
जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

जलाधार महोत्सव पर्यावरणीय उत्तरदायित्वको महत्त्व

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

गाउँलाई पुच्का खुवाउने परिश्रमी भाष्कर राई 

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

बिक्रम थापा बने अरुणाचल प्रदेशमा आयोजित ब्रुट विजेता

घलेगाउँ विशाल राईको घरमा आगलागी 

घलेगाउँ विशाल राईको घरमा आगलागी 

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

हिमालय इनिशिएटिवको एक्शन फर माउन्टेन एण्ड पिपल्स कार्यक्रम

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने