दार्जीलिङ, 6 जुलाई(निसं): दार्जीलिङ नगरपालिकाका पूर्व अध्यक्ष तथा दार्जीलिङ विधान सभा पूर्व विधायक अमरसिह राईलाई सिलगढी-जलपाईगढी विकास प्राधिकरणको उपाध्यक्षको पदमा नियुक्त गरिएको छ। राज्य सरकारले एक अधिसूचना जारी गर्दै राईलाई उक्त जिम्मेवारी दिएको जनाएको छ।
अमरसिंह राईलाई पहाडका एक अनुभवी दूरदर्शी, सहृदय र जिम्मेवार नेता तथा व्यक्तित्वको रूपमा चिनिने गरिन्छ भने उनको उक्त पदले मदेश क्षेत्रमा बस्ने गोर्खाहरुले धेरै न्याय पाउनेमा अपेक्षा गरिएको छ। नम्र, दयालु र जनसेवामा समर्पण रहने राईले यसभन्दा अघि पनि धेरैवटा जिम्मेवार निभाईसकेका अनि उनको कार्य समयमा दार्जीलिङ नगरपालिका संगै विधायक हुदा दार्जीलिङ्को निम्ति दृश्य तथा अदृश्य रूपमा धेरैवटा जिम्मेवारीपुर्ण कार्यहरु गरिसकेका छन भने यस पदको जिम्मेवारीले अझ धेरै जनसेवी कामहरु गर्ने अपेक्षा गरिएको पहाडवासीले आशा बताउछन्।