रेलिङ, 6 जुलाई (निसं): गत बर्ष झैँ यस बर्ष पनि रेलिङ स्थित विहिबारे श्री भुवनेश्वर शिवालय मन्दिर परिसरमा 11 दिवसीय श्री शिव महापुराण हुने भएको छ। श्री शिव महापुराण आयोजक समिति रेलिङको मुख्य आयोजनामा हुने महापुराण आगामी 2 अगस्तदेखि शुरू हुनेछ भने यस महापुराणमा मुख्य कथावाचकका रूपमा पण्डित भीम कोइराला सागफारा बिजनबारी तथा उपवाचकको रूपमा पण्डित ज्ञानु भाइ गाैतम रहेका छन भने उनीहरूको साथमा सम्पूर्ण टोली नै उपस्थित रहनेछन्। आज बसेको सभाको सर्वसम्मतिले लिएको निर्णय अनुसार डा.कमल पोखरेलले उक्त आशयको जानकारी दिएका छन। यस महापुराणलाई सफल तुल्याउन सम्पूर्ण संघसंस्था, गाउँ-समाज, श्रद्धालु भक्तजन सम्पूर्णलाई हार्दिक निमान्त्रणा गर्दछाैँ भनी आयोजक समितिको पक्षमा पोखरेलले थप जनाए।
