सिङ्गबुङ्ग डेरा मौजा विद्युत उपभोग समिति गठन

Share this news

मजुवा,  6 जुलाई(निसं): सिङ्गबुङ्ग डेरा मौजा विद्युत उपभोग समिति गठन गर्दै एक औपचारिक सभाको आयोजना गर्‍यो। कमल कुमार राईको सभापतित्वमा सम्पन्न सभामा मजुवा ग्राम वार्ड नम्बर 1 का सदस्य मोहन राईको विशेष उपस्थितिमा सिङ्गबुङ्ग डेरा मौजा अन्तर्गत रहेको 16 वटा डीटीआरका उपभोक्ताहरूले आ-आफ्नो समस्याहरू सभामा राख्दै, विद्युत अनियमितताको अवश्यकतालाई सबै मिलेर निराकरण गर्नु पर्छ भन्ने विचारहरू पोखे।
उक्त विषयहरूलाई समिक्षात्मक चर्चा गर्दै प्रत्येक डीटीआर-का दुई-दुइजना उपभोक्ताहरूलाई लिएर सिङ्गबुङ्ग डेरा मौजा विद्युत उपभोग समितिको गठन गरियो। जसमा दुइजना संयोजकको नियुक्तिमा प्रथम कमल कुमार राई अनि दोस्रो दिलन सुब्बा लगायत 34 जनाको उपभोक्ता समितिलाई चयन गरिएको छ।
बिजनबारी अन्तर्गत जडान बिजुली बत्तीको अनियमिततामा मजुवा ग्रामका उपभोक्ताहरू केही दिनदेखि आन्दोलित रहेको थियो भनी समितिले बताएको छ। आज बसेको सभामा स्पष्ट भएपछि मजुवा ग्राम सिङ्गबुङ्ग डेरा मौजा अन्तर्गतका उपभोक्ताहरूमा कतिपय सुझबुझ नभएको पनि बताइएको छ भने उपभोक्ताहरुलाई असुविधा भएको एचटी लाइनमा जम्पर-को समाधान साथै लाइनमेन-हरू आदिको  कमीलाई महशुस गरियो। जसमा सबै समस्याहरू समाधान हेतु मागहरू माथिल्लो स्तरमा चडाई सकिएको संयोजक राईले जनाए। अबोप्रान्त कतिपय समस्याहरू क्षेत्रिय स्तरमा पहल गर्नु पर्ने कुराहरू संज्ञानमा लिईसकेको बताए। अप्पर सिङ्गबुङ्ग डेरा सार्वजनिक भवनमा सम्पन्न सभालाई मन प्रशाद सुब्बाले सञ्चालन गरेका थिए।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ