वन्-वेको नियम राति पनि लागु हुन आवश्यक

Share this news

खरसाङ, 5 जुलाई (निसं)ः खरसाङ बजारको अस्पताल मोड़बाट रातिको समयमा वाहनहरू वान-वेको नियमलाई तोड़ेर राष्ट्रिय राजमार्गबाट बजार तर्फ चल्ने गरेकोले समस्या भइरहेको कतिपय जनसाधरणले गुनासो गरेका छन्। दिनभर अस्पताल मोड़मा ट्राफिक पुलिस अनि सिभिक भोलिन्टियरहरू ड्युटीमा तैनात रहने गर्छ। यी ट्राफिक पुलिस अनि सिभिक भोलिन्टियरहरूले यहाँबाट वर्द्धवान रोड भएर वन-वेको नियम अनुसार वाहनहरू पठाउने गर्छन्। रातिको समयमा ड्युटी सकिएपछि ट्राफिक पुलिस अनि सिभिक भोलिन्टियरहरू अस्पताल मोड़मा बस्दैनन्। यहाँ ट्राफिक पुलिस अनि सिभिक भोलिन्टिरहरू नरहेको लाभ उठाउदै कतिपय चालक, मोटर बाईक र स्कुटी सवारहरू वन-वेको नियमलाई उल्लंघन गर्दै राष्ट्रिय राजमार्ग भएर बजार तर्फ पस्ने गरेका गुनासो छ। यसरी वन-वेको नियमलाई उल्लंघन गरेर बजार तर्फ पस्नेहरूमा कतिपय बाहिरबाट आएका अनभिज्ञ चालकहरू पनि पाइने गरेको र कतिपय खरसाङ, दार्जीलिङ, सिलगढ़ीका नियमित चल्ने गाड़ीहरू र दुई चक्के वाहनहरू रहेको पनि मानिसहरूले बताएका छन्। यसरी वन-वेको नियमलाई उल्लंघन गर्दै बजार तर्फ वाहन चल्दा कुनै समय सिलगढ़ीबाट आइरहेको ट्रकसित जम्का भेट भएर जामको स्थिति सृजना भएको, कुनै समय दुर्घटनाको सम्भावना बनेको मानिसहरूले बताएका छन्। रातिको समयमा वन्-वेको उल्लंघन गर्दै आएका गाड़ी अनि मोटर बाईकको कारण विगतको समयमा दुर्घटना घटिसकेको पनि मानिसहरूले बताएका छन्। स्मरण गराइन्छ, यसरी रातिको समयमा वन्-वेको उल्लंघन गर्दै गाड़ी, मोटर बाईक, स्कुटी राष्ट्रिय राजमार्ग भएर बजार तर्फ पस्दा विगतको समयमा दुर्घटना घटिसकेको छ। वन्-वेको उल्लंघन गर्दै राष्ट्रिय राजमार्ग भएर बजार तर्फ गाड़ी चलाइँदा ठूलो झ्याउला पनि भइसकेको छ। राति अस्पताल मोड़मा ड्युटी सकिएपछि ट्राफिक पुलिस अथवा सिभिक भोलिन्टियरहरू नबस्ने भएकाले यस प्रकारको क्रियाकलाप चालक र दुई चक्के सवारहरूबाट भइरहेको पाइएको छ। वर्तमानमा राति 9 बजेसम्म राष्ट्रिय राजमार्गमा यान-वाहनको चलाचल नियमित रहने भएकोले राति 9 बजेसम्मको वन्-वेको नियमलाई यथावत राख्नु पर्ने खरसाङका केही मानिसहरूको माग रहेको छ। यस बारेमा कुनै निवेदन सम्बन्धित निकायहरूमा पेश गरिएको छ भनी प्रश्‍न गर्दा आफूहरूले यस विषयमा कुनै लिखित गुनासो पेश नगरेको बताउदै यसको निम्ति संघ-संस्थाहरू अघि आउन पर्ने तिनीहरूले बताएका छन्। यहाँ खटिएको ट्राफिक पुलिसहरूलाई यस बारेमा प्रश्‍न गर्दा ड्युटी राति 8 बजेसम्म रहने गरेको र ड्युटी सकिएपछि आफूहरू यहाँबाट जाने गरेको बताउदै रातिको समयमा चालकहरूले समझदारी अपनाउदै वर्द्धवान रोड भएर जानु पर्ने हो, भने।


Share this news
आजको रोजाइ
6 माइलमा प्लास्टिक उपयोग नगरौ सचेतता र्‍याली

6 माइलमा प्लास्टिक उपयोग नगरौ सचेतता र्‍याली

रोजगार सुरक्षा बढाउन प्रोत्साहन ईएलआई योजना स्वीकृत

रोजगार सुरक्षा बढाउन प्रोत्साहन ईएलआई योजना स्वीकृत

आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको 174औं  जयन्ती पालन

आदि पत्रकार पादरी गङ्गाप्रसाद प्रधानको 174औं जयन्ती पालन

अमरसिह राई सिलगढी-जलपाईगढी विकास प्राधिकरण उपाध्यक्षको नियुक्त

अमरसिह राई सिलगढी-जलपाईगढी विकास प्राधिकरण उपाध्यक्षको नियुक्त

आईजीजेएफ दार्जीलिङ-पुलबजार खण्ड कार्यालयको उद्घाटन

आईजीजेएफ दार्जीलिङ-पुलबजार खण्ड कार्यालयको उद्घाटन

रेलिङ बिहिबारेमा 11 दिवसीय श्री शिव महापुराण हुने

रेलिङ बिहिबारेमा 11 दिवसीय श्री शिव महापुराण हुने

सिङ्गबुङ्ग डेरा मौजा विद्युत उपभोग समिति गठन

सिङ्गबुङ्ग डेरा मौजा विद्युत उपभोग समिति गठन

स्वरोजगारको निम्ति जीटीए-ले सुंगुर पलनमा युवाहरूलाई प्रोत्साहन गर्ने

स्वरोजगारको निम्ति जीटीए-ले सुंगुर पलनमा युवाहरूलाई प्रोत्साहन गर्ने

पासाङ डोल्मा लामाद्वारा लिखित टिचर्स हार्टको विमोचन

पासाङ डोल्मा लामाद्वारा लिखित टिचर्स हार्टको विमोचन

रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

आजको रोजाइ