खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट आरम्भ

Share this news

खरसाङ, 5 जुलाई (निसं)ः खरसाङ फुटबल एसोसिएसन अनि युवा अनि खेल मामिला विभाग, जीटीएद्वारा संयुक्त रुपमा आयोजित खरसाङ सुपर लीग फुटबल टुर्नामेन्ट 2025 शनिवारदेखि आरम्भ भएको छ। खरसाङ फुटबल एसोसिएसनका सचिव सुदीप राईले दिएका जानकारी अनुसार यो टुर्नामेन्ट दुईवटा वर्गमा आयोजना गरिएको छ। ए वर्गमा प्रिमियर डिभिजन अनि बी वर्गमा च्याम्पियनशीप डिभिजन रहेका छन्। यो फुटबल टुर्नामेन्ट खरसाङ बजारदेखि 4 किलो मिटरको दुरीमा रहेको गोथल्स मेमोरियल स्कूलको खेल मैदानमा सम्पन्न भइरहेको छ। शनिवार पहिलो दिनको पहिलो प्रीमियर डिभिजन खेल युनाइटेड खरसाङ फुटबल (युकेएफसी) अनि जेआर 32 माझ सम्पन्न भयो। यस खेलमा युनाइटेड खरसाङ फुटबल क्लबको दबाव खेलको अवधिभर देखियो। आफ्नो दबावलाई खेलको अन्तसम्म जारी राख्दै युनाइटेड खरसाङ फुटबल क्लबका खेलाड़ीहरूले 10 गोल गरे भने जेआर 32 का खेलाड़ीहरूले 1 मात्र गोल गर्न सके, फलस्वरुप यो खेल युनाइटेड खरसाङ फुटबल क्लबले 1 गोलको विरुद्ध 10 गोल गरेर जितेको छ। दोस्रो च्याम्पियनशीप डिभिजन खेल युनाइटेड खरसाङ फुटबल क्लब (युकेएफसी) को अण्डर 17 टीम अनि खरसाङ भेटरेनमाझ सम्पन्न भयो। यस खेलमा खरसाङ भेटरेनका खेलाड़ीहरूले ले कुनै गोल गर्न सकेनन् भने युनाइटेड खरसाङ फुटबल क्लब अण्डर 17 का खेलाड़ीहरूले 4 गोल गरे। यस प्रकार यो खेल युनाइटेड खरसाङ फुटबल क्लबले शुन्यको विरुद्ध 4 गोल गरेर जितेको छ। शनिवार यस टुर्नामेन्टको उद्घाटन कार्यक्रममा मुख्य अतिथिको रुपमा उपस्थित रहेका खरसाङ शहर चिम्नी देवराली सभासद एवं स्वस्थ्य विभागका भारप्राप्त सभासद श्याम शेर्पाले फुटबल किक् गरेर गरेका थिए। प्रथम दिनको खेल एवं उद्घाटन कार्यक्रममा टुङ सन्तमेरिज समष्टि सभासद नुरी शेर्पा, केजीएचएसका अध्यक्ष मोहन योञ्जन अनि अरुणाचल प्रदेशबाट आएका अतिथिहरू बाइलो मिली, जेनी मिपो अनि अद्युम मिली उपस्थित थिए। शनिवार प्रथम दिनको खेलको सञ्चालन हिल्स रेफेरीस एसोसिएसनका रेफेरीहरू सुरेन गुरुङ, नितेश देवान, प्रशान राई, रेविका प्रधान, सलमा लिम्बूले गरेका थिए भने फोर्थ अफिसियलमा सञ्जय थापा रहेका थिए। खरसाङ फुटबल एसोसिएसनका सचिव सुदीप राईले थप बताए अनुसार यस टुर्नामेन्टको प्रिमियर डिभिजनमा जम्मा 5 वटा फुटबल टीमले अंश ग्रहण गरेका छन्। यी 5 वटा दलहरूले सबै एक-अर्को दलसित खेलिसकेपछि जुन दलले गोलको आधारमा सबैभन्दा अधिक अङ्क प्राप्त गर्छ त्यही दल विजेता घोषित गरिनेछ। च्याम्पियनशीप डिभिजनमा जम्मा 8 वटा दलले अङ्शग्रहण गरेका छन्। यी 8 वटा दललाई 4-4 दल गरेर दुईवटा पूलमा विभाजन गरेर खेलाइएको छ। 4-4 दलले आफ्नो पूलमा रहेका सबै 4 दलसित एक-अर्कामा भिड़न्त गरेर जुन दलले सबैभन्दा अधि अङ्क प्राप्त गर्छ, ती दललाई आगामी 20 जुलाईको दिन फाइनल खेल खेलाइने छ। फाइनल खेल जित्ने दल विजेता बन्नेछ। यस सुपर लीग 2025 का विजेता दलहरूलाई नगत राशिको साथमा ट्रफी प्रदान गरिनेछ। यस लीग टुर्नामेन्टमा विजेता बनेका दुई दललाई जिल्लास्तरीय फुटबल खेलको निम्ति पठाइने छ।

Share this news
आजको रोजाइ
मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मसँग साथमा उभिने सबै बीजीपीएमका हरिया पातहरू हुन्।” अनित थापा

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

मुख्यमन्त्री तामाङद्वारा उत्तरपूर्वी परिषद्को ७३ औं बैठकमा सहभागिता

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

रेलवे स्थायी समितिले सेभोके-रङपो रेलवे परियोजनाको प्रगतिको समीक्षा 

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

डीसीडीसीद्वारा PMVDVY प्रगति, सहकारी विकास रणनीतिको समीक्षा

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

सार्वजनिक स्रोत संरक्षण र उच्च शिक्षाको गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

चिया-सिन्कोना क्षेत्रमा सरकारी योजना विस्तारप्रति गोरामुमोको धन्यवाद 

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

प्रविधि-संचालित विवाद समाधान प्रवर्द्धन गर्न जागरूकता कार्यशाला

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

विद्यार्थीहरूद्वारा प्रस्तुत टेलि-मानसमा विचारोत्तेजक नुक्कड नाटक 

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

अप्पर सोनादामा गोरामुमोको सभा सम्पन्न, पेम्बा तामाङ बने अध्यक्ष

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

गाेजमुमाे मिरिक समितिले खण्ड विकास अधिकारीलाई बुझायो ज्ञापन 

आजको रोजाइ