सडक निर्माण कार्य युद्ध स्तरमा, सहयोगको अपिल

Share this news

मजुवा, 5 जुलाई(निस): रंगीत-मजुवा डेभलपमेण्ट एसोसिएशन-को अथक प्रयासपछि भइरहेको रंगीत- मजुवा तामाङ गाउँदेखि मानेभन्ज्याङसम्मको सडक मार्गलाई स्तरिय रूपमा निर्माण गराउन सबैलाई सहयोगको आग्रह गरिएको छ।रंगीत-मजुवा डेभलपमेण्ट एसोसिएशन-को अथक प्रयासपछि भईरहेको बाटो निर्माण कार्यलाई जीटीए अधिनस्त डीइडी विभागिय सहअभियान्त प्रियंका ओझा अनि सतिश प्रधानले निरक्षण गरेको छ। निर्माण हुदै गरेको सडक मार्ग 4 मिटर चौडा रहेको पूर्ण रूपले कंक्रिट ढलाईद्वारा निर्माण उक्त बाटो ढलाई स्तरिय रूपमा भईरहेको छ। यसैले त्यस ढलाई माथि 21 दिनसम्म गाडी गुडन नदिनु मजुवा डेभलपमेण्ट एसोसिएशनलाई निर्देश दिइएको पनि थाहा लागेको छ। कंक्रिट ढलाईको काम युद्ध स्तरमा भईरहेको छ भने बाटो निर्माण कार्य युद्ध स्तरमा तथा स्तरिय रूपमा भइरहेको छ। रंगीत मजुवा तामाङ गाउँदेखि मानेभञ्ज्याङ लगभग 4 किलोमिटर गाडीको सडक निर्माण कार्य गत: केही दिनदेखि भईरहेको छ। उक्त बाटो निर्माण कार्यको निम्ति वर्षौंदेखिको हाम्रो सपना पुरा गर्न सबैलाई असुविधा भइरहेको भएतापनि केही दिनको निम्ति चालक बन्धुहरु साथै यस सडक भएर आउजाउ गर्ने सम्पूर्ण यात्रीहरू सबैलाई रंगीत-मजुवा डेभलपमेण्ट एसोसिएशन-को पक्षबाट सहयोगको अपिल गरिएको छ। गाडी आउजाउ गर्ने समय तालिकालाई मध्यस्थ गरि गाडी यातायातको समयतालिकालाई अनदेखा न गरिदिने आग्रह गरिएको छ।  ढेन्डुप भुटिया एण्ड कम्पनी-द्वारा निर्माणाधीन उक्त सडकमा कंक्रिट ढलाई स्तरिय रूपमा भइरहेकोले यस सडकमा वाहन चलाचल समय तालिका बिहान साँडे 8 बजीदेखि दिउँसो 1 बजीसम्म, 2 बजीदेखि 4 बजीसम्म अनि 4:30 बजीदेखि 6:30 बजीसम्म बाटो बन्द रहने जनाउदै उक्त बाटो निर्माणमा यहाँहरूलाई भइरहेको असुविधाको निम्ति खेद प्रकटगर्दै  एसोसिएशनले सहयोगको विनम्र अपिल गरेको छ।

Share this news
आजको रोजाइ
पासाङ डोल्मा लामाद्वारा लिखित टिचर्स हार्टको विमोचन

पासाङ डोल्मा लामाद्वारा लिखित टिचर्स हार्टको विमोचन

रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

रंगबुल उच्च माध्यमिक विद्यालयले उच्चत्तर माध्यमिकको दर्जा प्राप्त

जीटीए आइडलको सेमिफाइनलमा प्रवेश गरेकी सुजता लामगादेलाई बधाई अनि शुभकामना दिन कार्यक्रम

जीटीए आइडलको सेमिफाइनलमा प्रवेश गरेकी सुजता लामगादेलाई बधाई अनि शुभकामना दिन कार्यक्रम

वन्-वेको नियम राति पनि लागु हुन आवश्यक

वन्-वेको नियम राति पनि लागु हुन आवश्यक

चिम्नी देउराली ग्राम पञ्चायतको आयोजनामा प्लास्टिक ब्यागमुक्त अभियान

चिम्नी देउराली ग्राम पञ्चायतको आयोजनामा प्लास्टिक ब्यागमुक्त अभियान

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट आरम्भ

खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्ट आरम्भ

सिलिगुडीका पाँच प्रमुख घुम्ने स्थानहरू

सिलिगुडीका पाँच प्रमुख घुम्ने स्थानहरू

‘जापानी बाबा वेंगा’ द्वारा भविष्यवाणी: ५ जुलाईको लागि त्सुनामीको चेतावनीले जापानमा त्रास

‘जापानी बाबा वेंगा’ द्वारा भविष्यवाणी: ५ जुलाईको लागि त्सुनामीको चेतावनीले जापानमा त्रास

IND vs ENG दोस्रो टेस्ट: केएल राहुलको अर्धशतक, भारतको अग्रता ३३० रनभन्दा बढी

IND vs ENG दोस्रो टेस्ट: केएल राहुलको अर्धशतक, भारतको अग्रता ३३० रनभन्दा बढी

Oplus_131072

“हामी सँगै आएका हौं, सँगै रहनेछौं” – दुई दशकपछि राज ठाकरेसँग पुनर्मिलनमा उद्धव ठाकरे

आजको रोजाइ