गोक जुनियर बेसिक स्कूलका विद्यार्थीहरूलाई युनिफर्म प्रदान

Share this news

गोक,  4 जुलाई (निसं ): गोक क्षेत्रको पुरानो विद्यालय गोक जुनियर बेसिक स्कूलका विद्यार्थीहरूलाई युनिफर्म वितरण गरियो। बिहीबार विद्यार्थीहरूको पहिलो परीक्षाको परिणाम-पत्र वितरणसँगै युनिफर्म पनि वितरण गरियो। यसदिन उपस्थिति कमिटीका सभापति आई के घिसिङको अध्यक्षतामा सम्पन्न सभामा अभिभावकहरू पनि उपस्थित थिए। उक्त युनिफर्म भागोप्रमो पुल- बिजनबारी समष्टिका सभासद भूपेन्द्र छेत्रीले प्रदान गरेको प्रधान अध्यापक दीपक राईले जानकारी दिए। युनिफर्म मात्र नभएर नानीहरूलाई यस सत्रको अङ्ग्रेजी माध्यमको किताबहरू पनि उनले प्रदान गरेको राईले जानकारी दिंदै सभासद प्रति आभार प्रकट गरे। गोक जुनियर बेसिक स्कूलमा धेरै खटिखाने किसानहरूका छोरा छोरीहरू अध्ययनरत छन्  भने स्कूल अनि विद्यार्थीहरूको प्रगति र प्रोत्साहनको निम्ति सभासद छेत्रीले सहयोग पु-याएको सहा शिक्षकद्वय रमेश लिम्बु र कुमार शर्माले पनि बताए। उपस्थिति कमिटीका अध्यक्ष आई के घिसिङले पनि सभासद भूपेन्द्र छेत्री प्रति आभार प्रकट गर्दै गोक जुनियर बेसिक यस क्षेत्रको पुरानो अनि गरिमामयी विद्यालय रहेको जनाए।


Share this news
आजको रोजाइ
सड़क सुरक्षा सप्ताह कार्यक्रम

सड़क सुरक्षा सप्ताह कार्यक्रम

सोनादामा सेभ ड्राइभ सेफ लाइभ अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

सोनादामा सेभ ड्राइभ सेफ लाइभ अन्तर्गत ट्राफिक जनचेतना कार्यक्रम सम्पन्न

पानीघट्टामा सार्वजनिक भवनको उद्घाटन

पानीघट्टामा सार्वजनिक भवनको उद्घाटन

स्रष्टा सङ्गमको आयोजनामा पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न

स्रष्टा सङ्गमको आयोजनामा पाद्री गङ्गाप्रसाद प्रधानको 174 औँ जन्म जयन्ती समारोह सम्पन्न

Oplus_131072

भारत–अमेरिका बीच व्यापार वार्ता काठमाडौँ फर्किएका टोलीले फेरि जारी राख्ने तयारी

अपरेशन सिंदूरमा चीनले पाकिस्तानलाई ‘लाइभ इनपुट्स’ पठायो, टर्कीले ड्रोन सहयोग गर्‍यो: भारतीय सेना उप–प्रमुख

अपरेशन सिंदूरमा चीनले पाकिस्तानलाई ‘लाइभ इनपुट्स’ पठायो, टर्कीले ड्रोन सहयोग गर्‍यो: भारतीय सेना उप–प्रमुख

टेलिफोनको पुराना खाँबो र तारहरू बेवास्ता गरिएको गुनासो

टेलिफोनको पुराना खाँबो र तारहरू बेवास्ता गरिएको गुनासो

जीटीए प्रमुखद्वारा गिरी भवनको उद्धाटन

जीटीए प्रमुखद्वारा गिरी भवनको उद्धाटन

मुख्यमन्त्री तामाङ आफ्नो सिंगलिङ निवासमा

मुख्यमन्त्री तामाङ आफ्नो सिंगलिङ निवासमा

पत्रकार अरुण कुमार रसाइली सम्मानित

पत्रकार अरुण कुमार रसाइली सम्मानित

आजको रोजाइ