Umrangso Assam
Umrangso Assam

उमराङसोमा असम नेपाली साहित्य सभाको आवासीय केन्द्रीय कार्यकारिणी सभा तथा युगकवि हरिभक्त कटुवालको ९१औँ जयन्ती भव्य रूपमा सम्पन्न

Share this news

Nepali Sahitya Sammelan

 

डिमाहासाओ जिल्लास्थित रमणीय पर्यटकीय नगरी उमराङसोमा युगकवि हरिभक्त कटुवालको ९१औँ जन्मजयन्तीको शुभ बेलामा असम नेपाली साहित्य सभाको दोस्रो आवासीय केन्द्रीय कार्यकारिणी सभा अत्यन्तै भव्य र सभ्य रूपमा सम्पन्न भयो।

नेपकोको पेक्षागृहमा सम्पन्न उक्त सभामा बिटिआर क्षेत्रीय समिति सहित १५ वटा जिल्ला समितिबाट कूल ५५ जना प्रतिनिधिहरूको सक्रिय सहभागिता रह्यो। सभामा अघिल्लो कार्यकारिणी सभाको प्रतिवेदन वाचन तथा अनुमोदन गरिएको थियो। साथै, केन्द्रीय समितिद्वारा सम्पन्न कार्यहरूको लेखाजोखा प्रस्तुत गर्दै भावी योजनाहरू र नीतिगत विषयहरूमा विस्तृत छलफल भएको थियो।साथै संविधान संसोधन उप समिति गठन गरिएको थियो।

सो सभामा उपसभापति मदन थापाको बाहुलीबाट महासचिवद्वारा सम्पादित ५६ पृष्ठको स्मरणीय प्रकाशन ‘सभा वार्ता’ को औपचारिक विमोचन गरिएको थियो। उक्त प्रकाशनले संस्थाका गतिविधिहरूलाई दस्तावेजीकृत गर्दै साहित्यिक चेतनाको प्रसार गर्ने विश्वास गरिएको छ।

हरिभक्त कटुवाल जयन्ती समारोह-

भोलिपल्ट, अनेसास डिमाहासाओ जिल्ला समिति, उमराङसो शाखा समिति तथा अखिल असम गोर्खा छात्र संघ डिमाहासाओ जिल्ला समितिको संयुक्त सहयोगमा ९१ औं कटुवाल जयन्ती समारोह केन्द्रीय रूपमा सम्पन्न गरियो।

कार्यक्रमको उद्घाटन अनेसासका केन्द्रीय सभापति डा. चिन्तामणि शर्माको बाहुलीबाट झण्डोत्तोलन गरी भयो। स्मृति तर्पण महासचिव तिलक शर्मा, जिल्ला मूल सचिव उमाकान्त उपाध्याय र शाखा सचिव दिपिका पाण्डेले गरे। युगकविको तस्बिरमा माल्यार्पण जिल्ला सभापति छविलाल पाण्डेले तथा दीप प्रज्वलन उपसभापति गणेश जोशीले गरे। वृक्षरोपण कार्य स्थानीय गामबुढा मनबहादुर मगर, केन्द्रीय सदस्य ललिता लामा र छिमेकी जिल्ला पश्चिम कार्बी आङ्लङका मूल सचिव जीवन होमागाईंले सम्पन्न गरे।

विद्यालयका बालबालिकालाई लिएर कविता पाठ, आकस्मिक वक्तृत्वकला, चित्रांकनजस्ता गतिविधिहरू डिमाहासाओ अनेसासका पूर्व मूल सचिव भुवन घिमिरे, छात्र कर्मी रामायण शर्मा र कार्यालय सचिव श्यामलाल पोख्रेलले सञ्चालन गरे।

दिउँसो २ बजेबाट सभापति डा. चिन्तामणि शर्माको अध्यक्षतामा आमसभा शुरू भयो। उद्घाटन भाषण अनेसास सल्लाहकार दुर्गा खतिवडाले तथा स्वागत भाषण स्वागत समितिका सभापति सोमबहादुर क्षेत्रीले राखे। स्थानीय महिलाहरूको टोलीद्वारा प्रस्तुत गरिएको युगकविको कालजयी गीतले सबैको मन जित्यो।

उक्त सभामा असम सरकारकी माननीय मन्त्री नन्दिता गारलोसा प्रमुख अतिथिका रूपमा तथा नर्थ काछार हिल्स स्वायत्त परिषद्का कार्यकारी सदस्य सेमसिंग ईग्तिं विशेष अतिथिका रूपमा सहभागी थिए। निर्दिष्ट वक्ता डा. सरिता शर्माको मन्तव्य अत्यन्त मननीय रह्यो।

सभामा सहभागी अन्य विशिष्ट अतिथिहरूमध्ये उपसभापति मदन थापा, नवप्रभा अधिकारी, डा. कालिदास शर्मा, लिला निरौला, गणेश जोशी, गोर्खा पार्षद कृष्णप्रसाद जोशी, स्थानीय चिकित्सक डा. नीलकण्ठ भुसाल, उमराङसो नगर समितिका अध्यक्ष अमल दौला गाजाउ, हाफलङ पौर सभाका उपाध्यक्ष केशव शर्मा, अनेसास सचिव लक्ष्मण अधिकारी, कल्पना देवी आत्रेय, पृथ्वीविलास भट्टराई, पूर्णिमा पोख्रेल, श्यामलाल पोख्रेल, धन क्षेत्री,दाता सदस्य सुखदेव तिवारी, बिटिआर क्षेत्रीय समितिका सभापति भीष्म उपाध्याय, युगकविकी सुपुत्री कल्पना क्षेत्री, छिमेकी जिल्ला सभापति गणेश क्षेत्री, आग्सु नेताहरू जीवन शर्मा, मोहन क्षेत्री,विशिस्ट समाज सेवी लाक्पा लामा लगायतको उपस्थिति उल्लेखनीय रह्यो।

कार्यक्रमको अवसरमा डिमाहासाओका वरिष्ठ समाजसेवी मित्रप्रसाद उपाध्याय, मित्रलाल शर्मा, मनबहादुर मगर र श्रीमती आरती सार्कीलाई अनेसास केन्द्रीय समितिको तर्फबाट विशेष अभिनन्दन प्रदान गरियो।

सभापति डा. चिन्तामणि शर्मा र महासचिवले उमराङसोमा अनेसासको क्षेत्रीय कार्यालय स्थापनाको लागि माटो र पूँजीको व्यवस्था गरिदिन मन्त्रीज्यू तथा परिषद्का प्रतिनिधिसँग अनुरोध गरे। सभामा मन्त्री महोदया र कार्यकारी सदस्यद्वारा सकारात्मक प्रत्याभूति दिइएकाले आशाको उज्यालो जगाएको छ।

कार्यक्रमको सञ्चालन गर्दै जाँदा सभापति डा:चिन्तामणि शर्माज्यूले चारवटा भाषामा — नेपाली, हिन्दी, असमीया र अङ्ग्रेजी — गरिँदा अनेसासको गरिमा अझ बढेको अनुभूति गरियो। मुख्य अतिथि कार्यक्रमको प्रारम्भदेखि अन्त्यसम्म उपस्थित रहनु भएको थियो भने मन्त्रीज्यूले झन्डै दुई घण्टा समय दिनु भएको थियो। दुवैले क्रमशः हिन्दी र अङ्ग्रेजी भाषामा मन्तव्य राख्नुभयो।

कार्यक्रमको समापनमा स्वागत समितिकी मूल सचिव दिपिका पाण्डेले सुमधुर गीतमार्फत सहभागी सबैलाई धन्यवाद ज्ञापन गरिन्।अन्तमा सभापतिज्यूले सारगर्भित वक्तव्यको साथ कार्यक्रम समापनको घोषणा गर्नु भयो।

निष्कर्षमा भन्नु पर्दा यो ऐतिहासिक सभाले डिमाहासाओ क्षेत्रमा संगठनात्मक एकता सुदृढ गर्नका साथै नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा नयाँ ऊर्जा भरेको छ। स्थानीय जनसमुदायले अनेसासको पहिलो यति भव्य कार्यक्रम आफ्नै क्षेत्रमा सम्पन्न भएकोमा गहिरो सन्तोष व्यक्त गरेका छन्।

 


Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ