ट्राफिक पुलिसद्वारा विद्यार्थीहरूलाई मादक पदार्थ सेवन एवं ट्राफिक सड़क सुरक्षामाथि सचेतना कार्यक्रम

Share this news

खरसाङ, 3 जुलाई (मोहन प्रसाद): ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत बिहीवार खरसाङस्थित सन्त अल्फन्सस उच्चत्तर माध्यमिक विद्यालयमा खरसाङ ट्राफिक पुलिसद्वारा मादक पदार्थ सेवनको विरुद्धमा साथै सड़क सुरक्षामाथि एउटा सचेतनामूलक कार्यक्रमको आयोजना गरियो। उक्त सचेतनामूलक कार्यक्रममा सन्त अल्फन्सस उच्चतर माध्यमिक विद्यालयका कक्षा 8 देखि 10 सम्मका लगभग पाँच सय विद्यार्थीहरूले आफ्नो सहभागिता जनाएका थिए । उक्त कार्यक्रम विषयमा जानकारी गराउँदै खरसाङ ट्राफिक पुलिस प्रभारी बिरेन्द्र छेत्रीले जनाए अनुसार, 1 जुलाई देखि 8 जुलाईसम्म विविध कार्यक्रमहरूको साथमा आयोजन भएको यातायात सुरक्षा सप्ताह अन्तर्गत बिहीवार खरसाङस्थित सन्त अल्फन्सस उच्चतर माध्यमिक विद्यालय भवनमा खरसाङ ट्राफिक पुलिसद्वारा मादक पदार्थ सेवनको विरुद्धमा साथै सड़क सुरक्षामाथि एउटा सचेतनामूलक कार्यक्रम अन्तर्गत विद्यार्थीलाई सचेत गराइएको छ। प्राप्त जानकारी अनुसार कार्यक्रममा खरसाङ ट्राफिक पुलिस प्रभारी बिरेन्द्र छेत्रीले सचेतनामूलक वक्तव्य राखेका थिए भने खरसाङ ट्राफिक पुलिस एएसआई पेम्बा हिस्से, महिला सिभिक भोलेन्टियर स्वेता मण्डल, सिभिक भोलेन्टियर दीपेन गुरुङ अनि विद्यालयका प्रधान अध्यापक, शिक्षक एवं अशिक्षण कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो। छेत्रीले थप जनाए अनुसार, शुक्रवार खरसाङ मोटर स्ट्याण्डमा ट्राफिक सप्ताह कार्यक्रम अन्तर्गत मादक पदार्थ सेवनको विरुद्धमा एउटा पथ सभाको आयोजना गरिनेछ । आगामी दिनहरूमा सन्त अल्फन्सस उच्चतर माध्यमिक विद्यालयका कक्षा 11 अनि 12 का छात्र-छात्राहरूलाई लिएर पनि नशालु पदार्थ सेवनको विरुद्धमा एवं सड़क सुरक्षालाई एउटा विशेष सचेतना कार्यक्रम आयोजन गर्ने विद्यालयपक्षसित चर्चा-परिचर्चा भएको पनि बिरेन्द्र छेत्रीले जनाएका छन्।


Share this news
आजको रोजाइ
पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पैह्रो पीडितहरुलाई यथाशक्ति सहयोग गर्ने आइजीजेएफको आह्वान

पूर्व प्रम ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्ने माग

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

प्रधानमन्त्री कार्कीले सिंहदरबारमा बोलाइन् आकस्मिक बैठक

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

केन्द्रीयमन्त्री किरण रिजुजुद्वारा पहिरो प्रभावित क्षेत्रको भ्रमण

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

लाल बहादुर छेत्री बने जिल्लाका प्रहरीका वरिष्ठ उपरीक्षक

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

आइजीजेएफद्वारा पहिरो प्रभावित परिवारहरूलाई सामग्री वितरण

गोर्खे धार्मिक नेता पेम्बा लामाले गोजमुमोप्रति गरे कटाक्ष

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

पैह्राेमा ज्यान गुमाउनेहरूलाई गरियो श्रद्धाञ्जली अर्पण

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

कमनवेल्थ सम्मेलन र साना राज्य सम्मेलनमा सिक्किम सामेल

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

मुख्यमन्त्रीले दुधेवासीलाई पक्का सुरक्षा दिने अनित थापाको भनाइ

आजको रोजाइ