दार्जीलिङले महिला सशक्तिकरणमा साँच्चै नेतृत्व गरिरहेको छ : प्रा. विक्रम राई

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): दार्जीलिङले महिला सशक्तिकरणमा नेतृत्व गरिरहेको तथा आज हामी हाम्रो पहाडहरूले महिलाहरूलाई कसरी सशक्त बनाइरहेका छन् भन्ने कुरा उत्सवका रूपमा मनाइरहेको विकरण फाउण्डेसन प्रमुख तथा पहाडका एक समाजिक अभियन्तामा प्राध्यापक विक्रम राईले बताएका छन्। दार्जीलिङ वेलफेयर सोसाइटी-द्वारा सोमबार दार्जीलिङमा आयोजित एक सम्मान कार्यक्रममा बोल्दै विक्रम राईले भने, देशको सबैभन्दा कठिन परीक्षा युपीएससी(युनियन पब्लिक सर्भिस कमिशन) उतिर्ण गर्ने होस या विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नेसम्म होस हाम्रा गोर्खाली छोरीहरूले अद्भुत साहस र संकल्पका साथ नेतृत्व गरिरहेको छन् ,  त्यो हाम्रो जातीको निम्ति गर्व गर्ने कुरा हो। यसका साथै दार्जिलिङ एक यस्तो ठाउँको रूपमा चिनिन्छ जहाँ महिलाहरू सुरक्षित‌ सम्मानित र समर्थित महसुस गर्छन्।उन्ले भने, यही सम्मानको संस्कृतिले केही सबभन्दा बलियो र प्रेरणादायी महिलाहरूलाई जन्म दिएको बताउदै  दार्जीलिङको यो संस्कारलाई  निरन्तर लानुपर्ने तथा दार्जीलिङको यही सस्कारले सदैव साहसी दूरदर्शी र सशक्त छोरीहरूको साँच्चिकै घर बन्न सक्नेमा राईले बिश्वास व्यक्त गरे। यसका साथमा हालै राष्ट्रिय तथा अन्तरास्ट्रिय उपलब्धि हासिल गरेका महिलाहरु क्रमैले युपीएससी परीक्षा उत्तीर्ण गर्न प्रतिभा लामा र जोजिला डोलकर भुटिया अनि  सगरमाथा आरोहण गर्ने म्याराथन धावक प्रतिमा राईहरु यसैको उदाहरण रहेकोले उनीहरूको उपलब्धिले हाम्रा छोरीहरूले के हासिल गर्न सक्छन् भनेर प्रमाणित गरेको राईले बताए।
यसैगरी कार्यक्रममा आफ्नो सम्बोधनको क्रममा प्रा. विक्रम राईले दार्जीलिङ वेलफेयर सोसाइटी-ले नारी सशक्तीकरणमा एउटा प्रमुख भूमिका  निभाईरहेको उल्लेख गरे  भने मानिस जति नै ठूला ठूला पदमा पुगे पनि आफ्नू जरा  बिर्सिनु नहुने उदाहरण दार्जीलिङ वेलफेयर सोसाइटी प्रमुख हर्षबर्द्गन शृङ्ला रहेको बताउदै उनले सस्थाको नाममा दार्जीलिङ राख्नु नै उनी कति जाति तथा आफ्नो जराप्रती समर्पित रहेको भन्ने छर्लङ्ग भएको उल्लेख गरे। अन्तराष्ट्रिय स्तरममा देशलाई चिनाउने काम गर्नु सँगसंगै श्रीङलाले दार्जीलिङको समाजलाई पनि दिइरहेको बहुमूल्य योगदान अतिनै सराहनीय रहेको राईले उल्लेख गरे l
प्रा. विक्रम राईले विशेष गरि नारीहरु माथि भइरहेको हेला होचो, तस्करी , बलत्कारहरुलाई खण्डन गर्दै समकालीन समयमा सबै भन्दा प्रमुख कुरा भनेको नै नारी सशक्तीकरण र नारी सुरक्षा रहेको कुरामा जोड़ दिए l यसका साथमा यहि कुराहरूलाई सञ्चारमा तथा व्यहारिकतामा ल्याउनको निम्ति यस्ता कार्यक्रमहरूको आवश्यकता रहेको समेत राईले बताए l उनले भने, स्वर्गीय क्याप्टेन ब्रीजेश थापाको स्मृतिमा दार्जीलिङ वेलफेयर सोसाइटी-द्वारा उत्कृष्ट उपलब्धि पुरस्कारको घोषणा गर्दा एउटा भावुक क्षण कार्यक्रममा छाएको थियो। पहिलो पुरस्कार प्रापकहरुमा सगरमाथा आरोहण गर्ने प्रतिमा राई र 20154 -को युपीएससी टपर-हरू क्रमैले जोजिला डोलकर भुटिया र प्रतिभा लामा सबै नारी रहेको र नारीहरु यसरी अगाडी बढेर समाजलाई नै दिशा निर्देश गर्ने काम वर्तमानमा गरीरहेको कुरा प्राध्यापक विक्रम राईले बताए  l यस्तै डा. हर्षवर्धन प्रति यस्ता ज्ञानमुलक, समाजलाई जागरूकता गराउने कार्यक्रम आयोजना गरेकोमा प्राध्यापक राईले कृतज्ञता प्रदान गर्दा विकरन फाउण्डेशनले भविष्यमा कुनै पनि प्रकारको सहयोग पुर्याउन सके आफुलाई सन्तुष्टि हुने कुरा बताएl दार्जीलिङ वेलफेयर सोसाइटी-ले स्थानीय भानु भवन, दार्जीलिङमा आयोजना गरेको कार्यक्रममा पहाडभरिबाट प्रतिष्ठित व्यक्तिहरू, रक्षा अधिकारीहरू, शिक्षकहरू, र युवा इच्छुकहरूलाई एकै ठाउँमा ल्याएको थियो। स्मरण रहोस् , प्राध्यापक बिक्रम राई सन्त जोसेफ महाविद्यालय दार्जीलिङका प्राध्यापक हुन भने उनले अन्तर्राष्ट्रिय स्तरमा गोर्खाहरुलाई प्रतिनिधित्व गर्दै विभिन्न दौडहरुमा भाग लिएका म्याराथन धावक हुन। यस्तै उनले विकरण फाउण्डेसन नामक सामाजिक सगठनको माध्यमबाट विगतको कोबिड महामारीको समयमा दार्जीलिङका विभिन्न क्षेत्रमा स्थानीयहरुलाई नि:शुक्ल सहयोग पुर्‍याएका थिए भने समाजका विभिन्न वर्गका मानिसहरु सगै देशको विभिन्न भागहरुमा आयोजना हुने म्याराथन दौडहरुमा पुर्‍याउन स्थानीय धावकहरुलाई सहयोग प्रदान गर्दै आइरजेका छन् ।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ