राजबाडीबाट अजयलाई छोडे संजय र दिपङ्करले

Share this news

दार्जीलिङ, 3 जुलाई(निसं): दार्जीलिङ नगरपालिका क्षेत्रको नम्बर वार्ड 7, राजबाडीका स्थानीयवासीहरूसँग जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन) चिफ एक्ज्युकेटिभ अनित थापा भेटघाट गर्ने क्रममा इण्डियन गोर्खा जनशक्ति फ्रण्ट(आईजीजीफ) पार्टीका संजय छेत्री अनि दिपङ्कर दर्नालले आईजीजीफ संस्थापक तथा पार्टी संयोजक अजय एडवर्ड्सलाई छोडेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा(बीजीपीएम) पार्टीमा सामेल भए।
यस कार्यक्रममा सदर एक समष्टिका अध्यक्ष पारस छेत्री र नगरपालिकाका पार्षद विष्णु मल्ल अनि पनि साथमा उपस्थित थिए।
राजबाडीको जनताले उदय सेवा संघ भवनको माथिल्लो तल्लामा बहुउद्देश्यीय हल निर्माण गर्ने माग राखेको कुरा पार्टी सुत्रले बताएको छ। यस योजनाको विभागीय निरीक्षण भइसकेको छ र अब चाँडै नै हलको निर्माण कार्य सुरु हुने जानकारी जीटीए चिफ एक्ज्युकेटिभ थापाले  उपस्थितहरूलाई दिए।
यसै भेट्घाटको क्रममा आईजीजेएफ समर्थक संजय छेत्री र दिपङ्कर दर्नालले बीजीपीएम-को सोच र कार्यशैली मन पराएर पार्टीमा प्रवेश गरिएकोमा  उनीरूलाई पार्टीमा हार्दिक स्वागत गरिएको चिफ एक्ज्युकेटिभ थापाले बताएका छन्।
संगठन बलियो भएमा मात्र पार्टी दिगो रहन्छ। पार्टीका कार्यकर्ताहरू सचेत र जोशिला रहँदा पार्टी सधैं जीवित रहन्छ। आजको दिन पार्टीको सङ्गठन समाजको अभिन्न हिस्सा बनेको छ। त्यसैले बीजीपीएम केवल मुखले मात्र नभई कार्यमा पनि जनता केन्द्रित पार्टी बन्न सफल भएको छ। यसको सारा श्रेय पार्टी नेतृत्व र कार्यकर्ताहरूलाई जान्छ भनी चिफ एक्ज्युकेटिभ थापाले भने।

Share this news
आजको रोजाइ
संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

संगीतमै जीवन बसाउँदै ‘सुरक्षा’को चम्किलो आरोहण

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

स्टेनथलमा घर आगोलागी एक वृद्धाको मृत्यु

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

मजुवा ग्रामले कृषि सहनिर्देशकलाई सम्बर्ध्दना

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

प्रम सूर्य घर मुफ्त बिजुली योजना कार्यान्वयनको लागि बिस्टको प्रश्न

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

गोक उच्च विद्यालयद्वारा खेलकुद आयोजन गरिने 

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

आपदामा परेका पीडितहरूलाई गाई प्रदान

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

पैद्ल यात्री धवल चौधरी पेशोक आईपुगे 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

मौरी पालकलाई 216 वटा डुडँ प्रदान 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

बिमल गुरुङतिर सबैको ध्यान केन्द्रित 

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न

भित्ते–चित्र तथा चित्रकला प्रतियोगिता सम्पन्न