Warning: Trying to access array offset on false in /var/www/html/wordpress/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा भारतीय जनता पार्टीद्वारा पोष्टरिङ साथै ज्ञापन

Share this news

खरसाङ, 2 जुलाई (निसं)ः खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा भारतीय जनता पार्टीले खरसाङ बजारमा पोष्टरिङ गर्नुको साथै खरसाङ महकुमा शासकलाई ज्ञापन पनि बुझाएको छ। विगत 2017 मा चुनाव भएपछि 2022 मा चुनाव हुनु पर्ने तर विगत तीन वर्षदेखि खरसाङ नगरपालिकामा चुनाव नभएको भन्दै झट्टै चुनाव गराउनु पर्ने मांगमा भारतीय जनता पार्टीले खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गरेको छ। यसको साथै भारतीय जनता पार्टीको तर्फबाट खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांगमा खरसाङ महकुमा शासकमार्फत् दार्जीलिङ जिल्ला शासकलाई ज्ञापन पत्र बुझाइएको छ। उक्त पोष्टरिङ र ज्ञापन पत्र बुझाउने टोलीमा भारतीय जनता पार्टी दार्जीलिङ जिल्ला सचिव सोनाम लामा, खरसाङ विधानसभा समष्टि संयोजक आरबी लामा, भाजपा युवा शक्तिका जिल्ला सचिव बिनय प्रसाद, दार्जीलिङ जिल्ला मिडिया प्रभारी चन्दन प्रसाद, पञ्चायत समिति सदस्या एंव खरसाङ गिध्द पहाड मण्डल सभापति दिक्षा तामाङ लगायत अन्यहरु सामेल रहेका थिए। भारतीय जनता पार्टीले खरसाङमा पोष्टरिङ र ज्ञापन पत्रमार्फत खरसाङ र मिरिक नगरपालिकामा झट्टै चुनाव गराउने मांग गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय जनता पार्टीको दार्जीलिङ जिल्ला सचिव सोनाम लामा र युवा मोर्चा दार्जीलिङ जिल्ला सचिव बिनय प्रसादले विस्तृत रुपमा जानकारी गराएका छन्। दुवैले खरसाङ नगरपालिकाको चुनाव 2022 मा नै हुनु पर्ने तर अहिलेसम्म नभएको भन्दै झट्टै चुनाव गराउने अनुरोध गरेका छन्। दुवैले उच्च न्यायलयले चुनाव गराउने निर्देशन दिए पनि अहिलेसम्म चुनाव नभएको कारणले धेरै समस्या हुने भएकोले झट्टै चुनाव गराउने अनुरोध गरेका छन्।


Share this news
आजको रोजाइ
आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

मुख्यमन्त्रीले १२ औं ग्यालेटसब रिन्पोछेको गरे दर्शन

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

आइजीजेएफद्वारा थर्बु नन्दलाल गाउँकाे शिविरमा राहत वितरण

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

पीडितहरूलाई राज्य र क्षेत्रीय सरकारले हेपेको छः लामा

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

तृणमूल छात्र परिषद अध्यक्ष सैनब चक्रवर्तीलाई स्वागत

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या

विधायक संजीत खरेलले बिहानै सुने क्षेत्रवासीको समस्या