खरसाङ ट्राफिक पुलिसद्वारा वृक्ष रोपण

Share this news

खरसाङ, 2 जुलाई (मोहन प्रसाद)ः खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीको नेतृत्वमा यातायात सुरक्षा सप्ताह अन्तर्गत बुधवार खरसाङस्थित डाउहिल क्षेत्रमा वृक्ष रोपण कार्यक्रम सम्पन्न गरियो । यस अवधि पत्रकारहरूसित बोल्दै बीरेन्द्र छेत्रीले जनाए अनुसार, 1 जुलाई देखि 8 जुलाईसम्म ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत विभिन्न पक्षहरूलाई लिएर विविध सचेतना मूलक कार्यक्रमको आयोजना भइरहेको छ। यसै कार्यक्रम अन्तर्गत जनमानस वा सबै प्राणीको हितमा वृक्ष रोपण कार्यक्रम पनि सम्पन्न गरियो । तिनले थप जनाए अनुसार, खरसाङ वन विभाग अन्तर्गत खरसाङ रेञ्ज अधिकारी सम्ब्रत साधुको सहयोगमा खरसाङ ट्राफिक पुलिस कर्मीको एउटा टोलीले खरसाङ टीबी सेनेटोरियम अस्पतालको माथिल्लो क्षेत्रमा रहेको डाउहिल ग्रास-फिल्ड क्षेत्रमा विभिन्न प्रजातिका वृक्ष रोप्ने कार्य गरेको छ । छेत्रीले थप जनाए अनुसार, एउटा वृक्षले केवल अक्सिजन मात्र प्रदान गर्दैन तर विभिन्न पक्षबाट जनमानसलाई साथै प्रकृतिलाई सन्तुलन बनाउने कार्य गर्छ। वृक्ष रोपणप्रति सबैले संधै जोर दिन आवश्यक रहे तापनि जुन-जुलाईको बर्खायममा वृक्ष रोपण असल साबित हुन्छ । वृक्ष रोपण संगै रोपेको ती वृक्ष वा बिरुवाहरूलाई हेरचाह पनि गर्न आवश्यक रहेको तिनले बताएका छन् । तिनले सबै वर्गका मानिसहरूलाई वृक्ष रोपण प्रति प्रोत्साहित गर्दै नजिकको वन विभागसित सम्पर्क राखेर वृक्ष रोपनको निम्ति अघि आउने अपिल गरे । खरसाङ ट्राफिक पुलिस द्वारा क्यामुना, पिपली, काउलो आदि विभिन्न प्रजातिका वृक्ष बुधवार रोपियो । छेत्रीले थप जनाए अनुसार, ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत यस सप्ताह भरिनै विभिन्न सचेतना मूलक कार्यक्रमको आयोजना भइरहेको छ भने 8 जुलाईको दिन खरसाङ मोटर स्ट्याण्डबाट एउटा विशेष र्‍यालिको आयोजना पनि गरिनेछ। तिनले सबैलाई उक्त ट्राफिक सुरक्षा सप्ताह कार्यक्रमहरूमा आफ्नो सहभागिता दर्शाउने आग्रह पनि गरेका छन् ।


Share this news
आजको रोजाइ
मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

मुख्यमन्त्रीे ब्यानर्जीले गरिन विभिन्न तहमा छलफल

जेकब खालिङ राई लाई जनाइयो स्वागत

जेकब खालिङ राई लाई जनाइयो स्वागत

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

कनेक्ट टु सीएम’ प्लेटफर्मको शुभारम्भ

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

वरिष्ठ माध्यमिक विद्यालयमा सेन्टेनेरीको लागि सभा

आइजीजेएफ-को डिजास्टर टोली गठन

आइजीजेएफ-को डिजास्टर टोली गठन

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

सलोमी खातीले जितिन् किकबक्सिङमा काँस्य पदक

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

मुख्यमन्त्री ममता ब्यानर्जी पुगिन् मिरिकको भ्रमणमा

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

तीन दिवसीय पुष्प प्रदर्शनी (फ्लावर शो) आयोजन

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

चियाबगान क्षेत्रको जनताको समस्या समाधान गरिने

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान

मुख्यमन्त्री ब्यानर्जी सुके पोखरीको लागि प्रस्थान