खरसाङ ट्राफिक पुलिसद्वारा वृक्ष रोपण

Share this news

खरसाङ, 2 जुलाई (मोहन प्रसाद)ः खरसाङ ट्राफिक पुलिस प्रभारी बीरेन्द्र छेत्रीको नेतृत्वमा यातायात सुरक्षा सप्ताह अन्तर्गत बुधवार खरसाङस्थित डाउहिल क्षेत्रमा वृक्ष रोपण कार्यक्रम सम्पन्न गरियो । यस अवधि पत्रकारहरूसित बोल्दै बीरेन्द्र छेत्रीले जनाए अनुसार, 1 जुलाई देखि 8 जुलाईसम्म ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत विभिन्न पक्षहरूलाई लिएर विविध सचेतना मूलक कार्यक्रमको आयोजना भइरहेको छ। यसै कार्यक्रम अन्तर्गत जनमानस वा सबै प्राणीको हितमा वृक्ष रोपण कार्यक्रम पनि सम्पन्न गरियो । तिनले थप जनाए अनुसार, खरसाङ वन विभाग अन्तर्गत खरसाङ रेञ्ज अधिकारी सम्ब्रत साधुको सहयोगमा खरसाङ ट्राफिक पुलिस कर्मीको एउटा टोलीले खरसाङ टीबी सेनेटोरियम अस्पतालको माथिल्लो क्षेत्रमा रहेको डाउहिल ग्रास-फिल्ड क्षेत्रमा विभिन्न प्रजातिका वृक्ष रोप्ने कार्य गरेको छ । छेत्रीले थप जनाए अनुसार, एउटा वृक्षले केवल अक्सिजन मात्र प्रदान गर्दैन तर विभिन्न पक्षबाट जनमानसलाई साथै प्रकृतिलाई सन्तुलन बनाउने कार्य गर्छ। वृक्ष रोपणप्रति सबैले संधै जोर दिन आवश्यक रहे तापनि जुन-जुलाईको बर्खायममा वृक्ष रोपण असल साबित हुन्छ । वृक्ष रोपण संगै रोपेको ती वृक्ष वा बिरुवाहरूलाई हेरचाह पनि गर्न आवश्यक रहेको तिनले बताएका छन् । तिनले सबै वर्गका मानिसहरूलाई वृक्ष रोपण प्रति प्रोत्साहित गर्दै नजिकको वन विभागसित सम्पर्क राखेर वृक्ष रोपनको निम्ति अघि आउने अपिल गरे । खरसाङ ट्राफिक पुलिस द्वारा क्यामुना, पिपली, काउलो आदि विभिन्न प्रजातिका वृक्ष बुधवार रोपियो । छेत्रीले थप जनाए अनुसार, ट्राफिक सुरक्षा सप्ताह अन्तर्गत यस सप्ताह भरिनै विभिन्न सचेतना मूलक कार्यक्रमको आयोजना भइरहेको छ भने 8 जुलाईको दिन खरसाङ मोटर स्ट्याण्डबाट एउटा विशेष र्‍यालिको आयोजना पनि गरिनेछ। तिनले सबैलाई उक्त ट्राफिक सुरक्षा सप्ताह कार्यक्रमहरूमा आफ्नो सहभागिता दर्शाउने आग्रह पनि गरेका छन् ।

Share this news
आजको रोजाइ
गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

विश्व साइकल दिवसको अवसरमा रङटङ पेडालर्स ग्रुपद्वारा सामुदायिक साइकल यात्रा सम्पन्न

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

अवैध पार्किङविरुद्ध अपर सिरिङ गाउँका युवाहरूको गुनासो

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

सुकनामा वन, पर्यटन र स्वास्थ्य सेवाका विषयमा भाजपा टोलीको सक्रिय पहल

आजको रोजाइ