खरसाङ महकुमा अस्पतालमा डाक्टरहरुलाई सम्मान जनाउँदै राष्ट्रिय चिकित्सक दिवस पालन

Share this news

खरसाङ,1 जुलाई(निसं): राष्ट्रिय चिकित्सक दिवसको उपलक्ष्यमा विगत वर्ष झैं यस वर्ष पनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाड महकुमा समितिद्वारा खरसाङ महकुमा अस्पतालमा डाक्टरहरुलाई सम्मान गरेर पालन गरिएको छ। यस अवसरमा भागोप्रमो खरसाङ महकुमा समितिको अध्यक्ष सुवास प्रधान र जीटीएको स्वास्थ्य एवम् परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पाको पहलमा खरसाङ महकुमा अस्पतालमा कार्यरत् डाक्टरहरूलाई खदा एवं उपहार दिएर डाक्टर दिवसको हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दै सुस्वास्थ्यको कामना गरिएको छ। यसको साथै आगामी दिनहरूमा रोगीहरूको स्वास्थ्य उपचारहरूमा सबैलाई सहयोग गरिदिने अनुरोध गरिएको छ। खरसाङ अस्पतालबाट अवकाश प्राप्त गरे पनि खरसाङलाई माया गरी खरसाङवासीहरूको चिरपरिचित डाक्टर बारूईलाई पनि खदार्पणसहित सुस्वास्थ्यको कामना साथै उनको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै हार्दिक बधाई र शुभकामना दिइएको छ। डाक्टरहरूलाई सम्मान व्यक्त गर्ने टोलीमा भागोप्रमो खरसाड महकुमा उपाध्यक्ष शंकर रावत, प्रचार प्रसार सचिव दिपेन सेवा, फिरोज खान, खरसाङ टाउन कमिटी अध्यक्ष राजु शर्मा, सचिव बिरबल पाख्रिन, सञ्जय मुखिया, विकास तामाङ आदिको उपस्थिति रहेको थियो। खरसाङ महकुमा अस्पतालमा चिकित्सक दिवस पालन गरिएको विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिका सभापति सुवास प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।

Share this news
आजको रोजाइ
प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

प्रविधिको युगमा पनि साहित्य मानव सभ्यता बुझ्ने सबैभन्दा सशक्त माध्यम

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

अन्नपूर्ण योजना” को उद्घाटन समारोहमा सांसद राजु बिष्ट उपस्थित

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

विद्युतीय गाडी किन्दा अनुदान, इन्धन भौचर, कर छुट र धेरै फाइदाहरू 

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

गोरानासं खरसाङ शाखा समिति गठन, सुधा सुब्बा अध्यक्षमा निर्वाचित

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

रेड शिल्ड डिभिजन (स्पियर कोर्प्स)द्वारा विश्व वातावरण दिवस पालन

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

सञ्चार क्षेत्र पुनर्संरचना, कानुनी सुधार र ३ तहबीच समन्वय अपरिहार्य

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

गोक–रोङ्दु कोप्रेलमा गोरामुमोको घरदैलो तथा जनसम्पर्क अभियान सम्पन्न 

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

युवा पलायन रोक्ने इस्कुस खेतीसामु चुनौती

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

६ जुनको दिल्ली आन्दोलनमा सहभागी हुने सोनम वाङचुकको घोषणा

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

सदर–२ मा गोरानासंको घरदैलो अभियान सम्पन्न, जनतालाई विजयको श्रेय दिँदै आभार व्यक्त ।

आजको रोजाइ