भारतीय क्रिकेट टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले अब ‘क्याप्टेन कुल’ उपाधिमा आधिकारिक हक जमाएका छन्। धोनीले यो उपाधिका लागि ट्रेडमार्क दर्ता गराएका छन्, जसको अर्थ अब यो नाम व्यावसायिक वा ब्रान्डका रूपमा अरूले प्रयोग गर्न पाउने छैनन्। शान्त स्वभाव, बुद्धिमत्तापूर्ण कप्तानी र चमत्कारी निर्णय क्षमताका कारण धोनीलाई ‘क्याप्टेन कुल’ उपनाम दिइएको थियो। अब यो उपाधि कानुनी रूपमा पनि उनीसँग मात्र सम्बन्धित रहनेछ।
