Arun Kumar Rasaili
Arun Kumar Rasaili

अरुण कुमार रसाइली दोस्रो महर्षि नारद पत्रकार पुरस्कारद्वारा सम्मानित

Share this news

कम्पोजः रूद्र कार्की
कालेबुङ, 30 मई (निसं)ः दोस्रो महर्षि नारद पत्रकार सम्मानद्वारा पत्रकार अरूण कुमार रसाइली सम्मानित भएका छन्। विश्व संवाद केन्द्र उत्तर बङ्गालको कालेबुङ एकाइद्वारा हिजो देवर्षि नारद जयन्ती समारोह एवम् पत्रकार सम्मान कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रम यहाँको गोर्खा दुःख निवार सम्मेलनको प्रेक्षागृहमा सम्पन्न भयो। श्याम दाहालद्वारा उपस्थित अतिथिहरूको परिचयबाट आरम्भ भएको उक्त कार्यक्रममा विगत लामो समयदेखि पत्रकारिता क्षेत्रमा कार्य गरिरहेका वरिष्ठ पत्रकार अरूण कुमार रसाइलीलाई 2025 को नारद जयन्ती पत्रकारिता पुरस्कारले सम्मानित गरियो। प्राध्यापक राजेन्द्र भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा मानस व्यानर्जी रहेका थिए मुख्य वक्ताको रूपमा डा. विश्वप्रतिम रूद्र रहेका थिए। डाक्टर समीर कुमार घोषले व्यक्तव्य राख्दै कार्यक्रमको औचित्य बारे प्रकाश पारे। उनले आफ्नो सम्बोधनमा भने, भारत विश्वको सबै देशहरूको श्रोत र प्रेरणा हो। चाहें संस्कृति , विज्ञान, परम्परा, राजनीति तथा पत्रकारिता क्षेत्रमा पनि अन्य देशहरूले भारतबाट नै सिकेका हुन्। तर वर्तमानमा हाम्रो देश, मेरो देश भन्ने प्रथा बन्द गरेर अरू देशहरूकै गुणगान गर्ने तत्वहरूको कारण हाम्रो संस्कृति परम्परा, विज्ञान अनि पत्रकारितामा हस्तक्षेप भइरहेको छ। उपरोक्त विषयलाई ध्यानमा राख्दै यस्ता नकरात्मक तत्वहरूमाथि विजय प्राप्त गर्न विश्व संवाद केन्द्रको स्थापना गरिएको हो, उनले भने।
कार्यक्रमका मुख्य वक्ता डा. विश्वप्रतिम रूद्रले आफ्नो सम्बोधनमा भारत उत्सवहरूको देश रहेको बताए। देशको कुनै नै कुनै कुनामा कुनै न कुनै जातिको कुनै न कुनै व्यवहार मनाइरहेकै हुन्छ। हाम्रो जीवन त्यौहारले भरिपूर्ण जीवन हो। भारत परम्पराको देश हो़। संस्कृतिको श्रोत हो। आजको परिप्रेक्षमा देश अनि समाज प्रति पत्रकारहरूको भूमिका अनि जिम्मेवारी अति नै महत्वपूर्ण छ। देवर्षि नारद एक स्रष्टा अनि इमान्दार पत्रकार थिए। वर्तमानका पत्रकारहरूले उनको पत्रकारिताको अनुसरण गर्नु आवश्यक छ। उनले हाम्रो देश भारतको मात्र होइन तर विश्वभरिकै पत्रकारहरूलाई प्रेरित गरेका छन्। हामीले उनको चरित्रको अध्ययन गर्न अनि अनुसरण गर्न आवश्यक छ। यस्तो प्रकारको कार्यक्रम आयोजना गर्न राम्रो अवसर हो। देवर्षि नारद समकालिन पत्रकारिताको उदारहण हुन्। उनी पत्रकारको निम्ति मार्ग दर्शक हुन्। गत 25 वर्षदेखि विश्व संवाद केन्द्रले देशका विभिन्न ठाउँमा पत्रकारहरूलाई सम्मानित गर्दै आइरहेको छ, उनले भने। पुरस्कार प्रापक पत्रकार रसाइलीले आफ्नो सम्बोधनमा पत्रकारितासित सम्बन्धित अनुभव साझा गरे। यो पुरस्कार मेरो निम्ति मात्र होइन तर कालेबुङका सम्पूर्ण पत्रकारहरूको निम्ति हो। पत्रकारिता गर्दा सम्मान पाउने उद्देश्य नराखि इमान्दारितासित साँचो अनि इमान्दार खबर पत्रकारले पस्किनु पर्ने उनले बताए। कार्यक्रमका अध्यक्ष प्रा. राजेन्द्र भण्डारीले भारत देश एक हजार वर्षसम्म विदेशीहरूको हातमा थियो। उनीहरूले हाम्रो कला, संस्कृति अनि परम्परालाई मास्ने चेष्टा गरे। तर पनि उनीहरू सफल हुन सकेनन्। हामीले हाम्रो पुरानो परम्परा, कला अनि संस्कृतिलाई पुनः फर्काएर ल्याएका छौँ, उनले भने। पुरस्कार प्रापकको परिचय शिक्षक मोतीखार को़इराला राखे भने धन्यवाद ज्ञान मुकेश गुप्तले गरेका थिए। उक्त कार्यक्रममा कालेबुङका वरिष्ठ अनि अनुज पत्रकारहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। जसमा वरिष्ठ पत्रकार जिलास गहतराज, कालेबुङ प्रेस क्लबका अध्यक्ष एके राई, मणि तामाङ , योवन मोथे, उमेश तामाङ, अनुराज प्रधान, मुकेश शर्मा, हेम सापकोटा, प्रकिृत लेप्चा आदिको विशेष उपस्थिति रहेको थियो। उपस्थित पत्रकारहरूलाई विश्व संवाद केन्द्र कालेबुङ एकाइको पक्षबाट सम्मान गर्दै खदा अनि स्मृति चिन्ह प्रदान गरियो।

Share this news
आजको रोजाइ
आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

आईजीजेएफद्वारा डिजास्टर बजेटमा अनियमितताको आरोप, निष्पक्ष छानबिनको माग

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

रासन कार्ड विवादलाई लिएर पहाड़का तीन विधायले भेट गरे मन्त्री अशोक किर्तनिया

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

लोलेगाउँ–कफेर क्षेत्रमा वर्षायामले पर्यटन व्यवसाय सुस्त, व्यवसायी शरद ऋतुको प्रतीक्षामा

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

फकल्याण्ड ब्यानर विवादः प्रीमियर लीगमा खेल्ने अर्जेन्टिनी खेलाडीहरूको वर्क भिसा रद्द गर्न बेलायतमा माग

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

पहाडका राशन कार्ड उपभोक्ताका लागि राहत, इनभ्यालिड कार्ड पुनः रिभ्यालिड गरिने तयारी

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

एफआईएच हकी विश्व कपका लागि २० सदस्यीय भारतीय पुरुष टोली घोषणा, हरमनप्रीत सिंह कप्तान

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

संसदको मनसुन अधिवेशनको पहिलो दिन विपक्षको अवरोध, लोकसभा र राज्यसभाको कार्यवाही प्रभावित

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

सिक्किमका राज्यपाल ओम प्रकाश माथुरद्वारा समरदुङ सुरुङ दुर्घटनास्थलको निरीक्षण, उद्धार कार्य तीव्र बनाउन निर्देशन

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

विज्ञापन क्षेत्रलाई पारदर्शी बनाउन सरकार–निजी क्षेत्र सहकार्य आवश्यक : सञ्चारमन्त्री तिमिल्सिना

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

गोरामुमो महानदी–तीनधारे समष्टि कोर कमिटीको समीक्षात्मक सभा सम्पन्न, संगठन सुदृढीकरणमा जोड

आजको रोजाइ